‘कबड्डी’ स्पिन-अफमा बमकाजीको कथा « Khabarhub

‘कबड्डी’ स्पिन-अफमा बमकाजीको कथा


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘कबड्डी ४ : द फाइनल म्याच’ आज देखि प्रदर्शनमा आएको छ । कबड्डीबाट सुरु भएको कथालाई बिट मार्ने सोचले यसलाई द फाइनल म्याच भनिएको छ ।

फिल्म काजी, बमकाजी र शान्तिको वरपर घुमेको छ । काजीको विवाह भएको छैन । तर, यसपटक उनलाई शान्ति मिसले मन पराउँछिन् । बरु, काजी आफै तर्किएका छन् । शान्तिले काजीलाई माया बुझाउदै गर्दा त्यहाँ भिलेन बनेर आँउछन्, बमकाजी । यही तीन पात्र बीचको प्रेम कबड्डी नै फिल्म हो । कबड्डीमा देखाउँदै आइएको काजीको प्रेमलाई यही सकाउने भएपछि निर्देशक रामबाबु गुरुङले ‘मास्टर बमकाजी’ बनाउने भएका छन् । 

‘कबड्डी ४’को क्रेडिट लाइनमार्फत फिल्मको नयाँ श्रृंखलाबारे खुलासा भएको हो । निर्देशक रामबाबु गुरुङले  ‘मास्टर बमकाजी’लाई कबड्डी सिरिजको पहिलो ‘स्पिन-अफ’ भएको बताए । अर्थात् यही परिवेशको कथामा अब बमकाजीको मात्र कथा देखाइने छ । जहाँ काजीको केमियो हुनेछ । ‘कबड्डी’ सिरिजमा बमकाजीको भूमिका सौगात मल्लले निर्वाह गरिरहेका छन् ।

के हो स्पिन-अफ ?

पछिल्लो समय मेकर्सहरु आफूले स्थापित गरेको ब्रान्ड भन्दा बाहिर जाने पक्षमा देखिदैनन् । हलिउडमा मार्भल, डिज्ने, वार्नर ब्रोज जस्ता स्टुडियोले आफ्नो छुटै सिनेम्याटिक युनिभर्स बनाएका छन् । जहाँ देखिने पात्रको आफ्नै कथा छ । परिवेश उही तर पात्रको कथालाई ‘स्पिन -अफु भन्ने गरिन्छ । सरल भाषामा भन्ने हो भने अहिले एभेन्जर्सको स्पिन-अफ हल्क, आइरन म्यान, क्याप्टेन अमेरिका हुन् । तर, यी फिल्महरू अगाडि आएका थिए । हालै मार्भलले बनाएका हकआई, लोकी, ब्ल्याक विडो स्पिन-अफ हुन् ।

जहाँ एभेन्जर्सकै परिवेशमा पात्र विशेषको कथा देखाइएको छ । बलिउडमा पनि बेबी बनाएपछि निर्देशक निरज पाण्डेले ‘नाम शबाना’ नामक फिल्म बनाएका थिए । यी स्पिन – अफका उदाहरणहरू हुन् । हालै पनि निरज पाण्डेले आफ्नो सिरिज ‘स्पेसल ओप्स १.५’ बनाएका थिए । जुन ‘स्पेसल ओप्स’ को हिम्मत सिंह क्यारेक्टरलाई लिएर बनाइएको हो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ०१ बजे

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक