‘कबाडी ४’ को प्रिमियरमा देखिएनन् निश्चल « Khabarhub

‘कबाडी ४’ को प्रिमियरमा देखिएनन् निश्चल


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कबड्डीको चौथो सिरिज आजबाट प्रदर्शनमा आएको छ । शुक्रबार, शनिबार र आइतबार यस फिल्मले ५ करोड बढीको ग्रस कलेक्सन गर्ने वितरकहरू अनुमान छ । फिल्मको मल्टिप्लेक्समा देखिएको चापले यसले पहिलो दिन झन्डै २ करोडको हाराहारीमा कलेक्सन गर्ने देखिएको छ । यद्यपि यसको पहिलो सिरिज आउँदा अवस्था यस्तो थिएन । 

‘कबड्डी’ रिलिजको समयमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘नोभेम्बर रेन’ सँग भिडन्त थियो । ‘कबड्डी’ मा दयाहाङ राई र निश्चल बस्नेत आकर्षण थिए । किनकी निर्देशक रामबाबु गुरुङ सहित अन्य कलाकार नयाँ थिए । रामबाबुको काम निर्देशकको रुपमा चिनिनु बाँकी थियो । आर्यन र नम्रताको फिल्मले प्राथमिकता पाउदै गर्दा पनि दर्शकले दिएको ‘वर्ड अफ माउथ’ कै कारण फिल्म चल्यो । 

फिल्मलाई दयासँगै निश्चलको उपस्थितिले ‘बलियो’ बनाएको थियो । यही टिमले ‘कबड्डी पनि बनायो । तर, त्यसपछि निश्चल अलग भए । आपसी समझदारी नहुँदा निश्चलसँगै उनको ब्यानर ब्ल्याक हर्स पनि अलग भयो । त्यसयता निश्चल फिल्मसँग जोडिएका छैनन् । कबड्डीको फाइनल म्याच घोषणा हुँदा निश्चलले पनि पोस्टर सेयर गर्दै शुभकामना दिए । 

त्यसपछि फिल्ममा निश्चल पनि रहन सक्ने अनुमान दर्शकले लगाए । यद्यपि फिल्ममा उनी छैनन् । यति मात्र होइन, निश्चल फिल्मको प्रिमियरमा समेत देखिएनन् । रिलिजको पूर्व सन्ध्यामा ‘कबड्डी’ ४ : द फाइनल म्याच’ को भव्य प्रिमियर गरियो । लगभग एक हजार दर्शकले हेर्न मिल्ने गरी आयोजना गरिएको प्रिमियरमा निश्चल मात्र होइन एक्ट्रेस स्वस्तिमा खड्का पनि देखा परिनन् । 

‘कबड्डी’ लाई दर्शक माझ लोकप्रिय बनाउने एउटा महत्वपूर्ण व्यक्ति निश्चल प्रिमियरमा नहुँदा केही कानेखुसी नभएको पनि होइन । निश्चल मनमुटावका कारण नआएका हुन् । उनलाई समेटेर कबड्डी सिरिजलाई अगाडि बढाएको भए राम्रो हुन्थ्यो । किनकी उनी दुखको समयका सहयात्री हुन् प्रिमियर हेर्न आइपुगेका एक फिल्मकर्मीले भने । 

निश्चलले सामाजिक सञ्जालमा समेत ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रचारप्रसार सामाग्री सेयर गरेका छैनन् । यसले पनि उनको सम्बन्ध फिल्म युनिटसँग हार्दिक नरहेको संकेत गर्छ । किनकी उनले प्राय फिल्मलाई रिलिजको लागि शुभकामना दिने गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ५१ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६