जिसस रसुवा नेतृत्वका लागि कांग्रेस र एमालेको बराबर मतदाता « Khabarhub

जिसस रसुवा नेतृत्वका लागि कांग्रेस र एमालेको बराबर मतदाता


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा जिल्ला समन्वय समिति (जिसस) को  प्रमुख तथा अन्य पदका लागि दुई दलको बराबर मतदाता रहेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको बराबर मतदाता रहेका हुन् । जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षले मतदान गर्न पाउँछन् । रसुवामा जिससको निर्वाचनमा पाँचवटा पालिकाका १० जना मतदाताले मतदान गर्ने छन् । जिल्लामा पाँच वटा पालिका रहेका छन् । 

पालिका अध्यक्षमा दुई र उपाध्यक्षमा तीन गरी नेकपा एमालेको पाँच जना र पालिका प्रमुखमा तीन र पालिका उपप्रमुखमा दुई गरी नेपाली कांग्रेसको पाँच जना मतदाता छन् । जिससको निर्वाचन जित्न कम्तिमा पनि ६ मत ल्याउनुपर्छ । जिसस जित्न एमाले र कांग्रेस दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ । कांग्रेस र एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने देखिएको छ ।

जिसस प्रमुखका लागि नेकपा एमालेबाट विजय लामा र अशोक घिमिरेको दाबी छ । त्यसैगरी नेपाली कांग्रेसबाट बमबहादुर गुरुङ र ओम आचार्यको दाबी  छ ।  जिससको अन्य पदका लागि दुवै दलले आन्तरिक तयारी गरिरहेको बताएका छन् । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ५४ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र