राष्ट्रियसभाद्वारा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित « Khabarhub

राष्ट्रियसभाद्वारा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफ दिएका थिए ।

नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । सांसदहरु डा बेदुराम भुसाल, शेखरकुमार सिंह, डा विमला राई पौड्याल, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल र भगवती न्यौपानेले स्पस्टीकरण माग गरेका थिए । स्पस्टीकरण मागपछि जवाफ दिने क्रममा कानूनमन्त्री कोइरालाले सबै जिज्ञासा स्वाभाविक भएको बताउँदै जडीबुटी उत्पादन र प्रशोधनलाई सरकारले प्राथमिकतामा राखेको र आउँदो बजेटमा त्यसलाई समेटिने विश्वास दिलाए ।

मन्त्री कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने कुरा अन्तर्राष्ट्रिय बजारले प्रभावित पार्ने हुँदा त्यसमा सरकारको खासै नियन्त्रण नरहने स्पष्ट परे । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा भने सर्वोच्च अदालतले बिहीबार गरेको फैसलाको अझैसम्म पूर्ण पाठ प्राप्त भइनसकेकाले थप कुरा भन्न नसक्ने स्पष्ट बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको थियो । बैठकको अन्त्यमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले यही जेठ १५ गते अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक बजेट प्रस्तुत हुने हुँदा सांसदहरुलाई १५ मिनेट अघि नै आशनग्रहण गरिसक्न निर्देशन दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १५ गते दिउँसो ३ बजे बस्नेछ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : १४ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा