विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी « Khabarhub

विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द (विप्लव) को अध्यक्षतामा  केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसिरहेको हो ।

बिहीबारदेखि सुरु बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरू र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरूको उपस्थिति  छ । 

बैठकमा शुक्रबारदेखि राजनीतिक प्रस्ताव माथि छलफल सुरु भएको छ ।   प्रस्ताव माथि ५८ जना केन्द्रीय सदस्य र २ जना सल्लाहकार समिति सदस्यहरूले धारणा राख्नेछन् ।  

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : २२ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी