बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली « Khabarhub

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारस्थित ठूलोगाउँमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को पहलमा निर्माण गरिएका अस्थायी आवासको साँचो बाढीपीडित परिवारलाई हस्तान्तरण गर्दै उनले प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन र पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताएका हुन्।

‘बाढीबाट प्रभावित नागरिकको जनजीवन सामान्य बनाई पुनर्निर्माणमा लाग्नुपर्छ,’ ओलीले भने, ‘त्यसका लागि प्रभावित नागरिकको अस्थायी आवास र जीविकोपार्जनसँगै रोजगारी तथा व्यवसाय सञ्चालनलाई सहज बनाउन ध्यान दिनुपर्छ।’

जिफन्टले निर्माण गरेका १८ वटा अस्थायी आवास रसुवामा भोटेकोशी बाढीबाट प्रभावित भई सुरक्षित बसोबासको खोजीमा नुवाकोट आएका परिवारलाई हस्तान्तरण गरिएको हो। सुरक्षित आवासको अभावमा रहेका प्रभावित परिवारलाई लक्षित गरी ती आवास निर्माण गरिएको जिफन्टले जनाएको छ।

नेकपा एमाले नुवाकोटका जिल्ला सचिव शिवकुमार चित्रकारका अनुसार स्थानीयको जग्गा भाडामा लिएर जिफन्टको आर्थिक सहयोग र श्रमदानमार्फत अस्थायी आवास निर्माण गरिएको हो।

भोटेकोशी बाढीपछि प्रभावित नागरिकको खोज तथा उद्धार, भग्नावशेष हटाउने, पुरिएका सामग्रीको खोजी गर्ने र राहत वितरणलगायतका काममा समेत जिफन्टले सहयोग गरेको थियो।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ८ : १५ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी