सत्ता गठबन्धन लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्धत : पूर्वमुख्यमन्त्री शाक्य « Khabarhub

सत्ता गठबन्धन लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्धत : पूर्वमुख्यमन्त्री शाक्य


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन शक्तिको दुरुपयोग गरेर लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्धत भएको आरोप लगाएकी छिन् । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै शाक्यले नेकपा एमालेलाई कमजोर बनाएर सत्तारुढ गठबन्धन शक्तिशाली बन्न खोजेको आरोप लगाएकी हुन् ।

उनले बागमतीमा प्रदेश सरकार जनताले महसुस गर्न नपाएको बताएकी हुन् । ‘केन्द्रीय राजधानीमा दैनिक रूपमा विभिन्न घटनाहरू भइरहेका छन् । यस विषयमा प्रदेश सरकार मौन देखिन्छ’, उनले भनिन् ‘काठमाडौं पनि प्रदेशको एउटा जिल्ला हो । त्यहाँको समस्या समाधानमा पनि हाम्रो ध्यान जान जरुरी छ ।’ स्थानीय तह निर्वाचन सकिएसँगै गठबन्धन प्रदेश र संघको चुनावको मिति तोक्न हतारिएको उनले बताइन् ।

‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले देखाएको चरित्रका कारण हाम्रो निर्वाचन प्रणाली, संघीयता र राजनीतिक दलप्रति नै प्रश्न उठेका छन्, उनले भनिन् ‘एमालेलाई कमजोर बनाएर देश बलियो हुने होइन ।‘ लोकतन्त्र, गणतन्त्र र संघीयता सबैको साझा विषय भएकोले यसलाई जोगाउन उनले आग्रह पनि गरिन् । उनले प्रदेशसभा समितिलाई प्रभावकारी बनाउन जरुरी रहेको समेत बताइन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ३ : ३० बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका