१० वर्षपछि बिजुलीको रेल आवश्यक पर्दैन : माधव नेपाल « Khabarhub

१० वर्षपछि बिजुलीको रेल आवश्यक पर्दैन : माधव नेपाल


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १० वर्षपछि देशमा बिजुली रेल आवश्यक नपर्ने बताएका छन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदै उनले अहिले आवश्यक पर्ने देखिए पनि १० वर्षपछि बिजुली रेल आवश्यक नपर्ने र राज्यले पनि थेग्न नसक्ने बताए । 

दीर्घकालीन र प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्ने बताउँदै उनले पूर्वपश्चिम राजमार्गमा रेलमा चलाउन सकिने बताए । 

आरोप-प्रत्यारोपले देश नचल्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले देश विकास र समृद्धि गर्न कहाँ कहाँ चुकियो, यसलाई पहिल्याएर अगाडि बढ्नुपर्ने बताए । दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्ने बताउँदै उनले कृषिलाई अर्थतन्त्रको आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ४ : ०६ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।