‘इच्छुक’ को योगदानको यसरी गरियो स्मरण     « Khabarhub

‘इच्छुक’ को योगदानको यसरी गरियो स्मरण    


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीद्वारा कृष्ण सेन ‘इच्छुक’को २०औँ स्मृति दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ ।

कार्यक्रममा वक्ताले लेखनका माध्यमबाट शोषण र उत्पीडनमा परेका वर्ग तथा समुदायका आवाजलाई ‘इच्छुक’ले आम जनमानसमा ल्याएकामा जोड दिए । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष राजकाजी गुरुङले निर्भिकताका साथ लेखनका माध्यमबाट सामाजिक चेतनाको अभिवृद्धिमा इच्छुकले गरेको योगदान सधैँ स्मरणीय हुने बताए ।

प्रेस सेन्टर नेपालका सल्लाहकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कोमलनाथ बरालले समाजको रुपान्तरणमा कलमका माध्यमबाट योगदान गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण इच्छुक रहेको धारणा राखे । पेसागत हितलाई पत्रकारले सधैँ आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारितामा दलीय नभई जनताको पक्षधरता हुनुपर्ने आवश्यकता औँल्याए ।

पत्रकार एवं साहित्यकार सुरेश रानाभाटले निर्भिकताका साथ जनताको पक्षमा कलम चलाउने इच्छुकको लेखन वैचारिक स्पष्टतासँगै मिठासपूर्ण रहेको चर्चा गरे ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ४ : ०६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन