मन्त्री बडूको असंसदीय शब्द हटाउन निर्देशन « Khabarhub

 मन्त्री बडूको असंसदीय शब्द हटाउन निर्देशन


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बिहान बसेको संसद् बैठकमा बोल्दा प्रयोग भएको संसदीय शब्द हटाउन निर्देशन दिइएको छ ।  

शुक्रबारको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सरकार कमिसनमा अल्झेको भन्दै लगाएको आरोप खण्डन गर्नेक्रममा मन्त्री बडूले दिएको अभिव्यक्तिमा असंसदीय शब्द प्रयोग गरेको भन्दै एमाले सांसदले नियमापत्ति जनाएका थिए । त्यसपछि बैठक चल्न नसकेपछि स्थगित गरिएको बैठक फेरि सुरु भएको हो । 

शुक्रबारको दोस्रो बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बडूको अभिव्यक्तिमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् । 

उक्त निर्देशनपछि बैठक जारी छ । 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ४ : ०८ बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका