लोकतन्त्र नेताको स्वार्थमा प्रयोग भयो : राजेन्द्र महतो  « Khabarhub

लोकतन्त्र नेताको स्वार्थमा प्रयोग भयो : राजेन्द्र महतो 


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले देश र जनताले विकास र समृद्धि खोजेको भन्दै हालसम्म नहुनुको कारण खोज्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले लोकतन्त्र नेताहरूले आफ्नो स्वार्थमा प्रयोग गर्दा देश विकास र समृद्ध नभएको बताए । संसदमा दलहरूको आरोप–प्रत्यारोप होइन जनताले समृद्धि खोजेको भन्दै उनले संसदमा एकले अर्कोलाई भ्रष्टाचारी भनेर आरोप लगाएको बताए । ‘एकले अर्कोलाई भ्रष्टाचारीको आरोप लगाएपछि दुवै भ्रष्टाचारी देखिए,’ महतोले भने । 

भूगोलको एकीकरणमात्र होइन मन पनि मिलाएर राष्ट्रियता कायम गर्नुपर्ने भन्दै उनले भने, ‘पृथ्वी नारायण शाह भूगोल एकीकरण गरे । साझा फूलबारी बनाए । तर, अहिले किन मन जोडिएन । जुन जनताका लागि संविधान बनाइयो, त्यही जनतालाई गोली हानियो ।’ 

नेपाल सबै जातजाति र समुदायका लागि बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्दै उनले एकल राज्य प्रणालीमा चलेको आरोप लगाए । जनता अहिले पनि पहिचान चाहिरहेको भन्दै उनले बालेन साहको विजयी परिवर्तनको संकेत रहेको बताए ।  

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ५ : ०८ बजे

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता