शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण गर्दै अन्तर्राष्ट्रिय शान्ति सेना दिवस मनाइयो « Khabarhub

शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण गर्दै अन्तर्राष्ट्रिय शान्ति सेना दिवस मनाइयो


१३ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण गर्दै आज ‘अन्तर्राष्ट्रिय शान्ति सेना दिवस-२०२२’ विशेष कार्यक्रमका साथ मनाइएको छ ।

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले विश्व शान्ति स्थापनाकार्यमा खटिएदेखि नै प्रदर्शन गरेको उच्च तहको पेशागत दक्षता एवं समर्पणको प्रशंसा गरे ।

उनले तीनवटै सुरक्षा निकायका शान्ति सैनिकले शान्ति स्थापनाकार्यमा पुर्‍याएको अतुलनीय योगदानका लागि विगत र हालका नेतृत्वसमेतलाई बधाई दिए । प्रधानसेनापति प्रभुराम शर्माले हालका दिनमा शान्ति मिसनमा बढ्दो सुरक्षा जटिलतालाई दृष्टिगत गरी शान्ति सैनिकको पेशागत क्षमता अभिवृद्धि गर्नु आवश्यकता रहेको बताए ।

उनले संयुक्त राष्ट्र सङ्घको लैङ्गिक समानता रणनीतिप्रति नेपाली सेना प्रतिबद्ध रहेको र भविष्यमा शान्ति मिसनमा महिला सहभागितालाई वृद्धि गर्ने भनाई राखे । समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले विश्वशान्ति स्थापनाको सिलसिलामा वीरगती प्राप्त गरेका शान्ति सैनिकको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए ।

उनले यस वर्ष शान्ति स्थापनाकार्यमा निस्स्वार्थ भावनाले बहादुरीपूर्वक कार्य गरी विशेष योगदान पुर्‍याएका दुई जनालाई प्रशंसापत्र तथा वीरगती प्राप्त पाँच जना नेपाली शान्ति सैनिकलाई मेडल (तक्मा) सहित सम्मानपत्र प्रदान गरेका थिए । समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसङ्घको झण्डोत्तोलन गरेका थिए । बलाध्यक्ष रथी सरोजप्रताप राणाले विश्व शान्ति तथा सुरक्षा स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण शान्ति सैनिकले पुर्‍याउनु भएको योगदानको प्रशंसा गरे ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ६ : ५० बजे

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको