१० ग्राम सुन पाउने फर्जी अफरको एसएमएस, नखोल्न प्राधिकरणको आग्रह « Khabarhub

१० ग्राम सुन पाउने फर्जी अफरको एसएमएस, नखोल्न प्राधिकरणको आग्रह


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोबाइलमा ‘१० ग्राम सुन पाउने ‘बम्पर अफर’ सम्बन्धी एसएमएस आएमा नखोल्न नेपाल दूरसञ्चार प्राधिकरणले सतर्क गराएको छ ।

‘२० रुपैयाँमै १० ग्राम सुन जित्ने अवसर’ भन्दै लिंक खोल्न अनुरोध गरेर एसएमएस पठाइने गरेकोबारे अनुसन्धान गरिरहेको प्राधिकरणले सुचना जारी गरी जानकारी दिएको छ । पछिल्ला केही दिनयता नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा यस्ता फर्जी एसएमएस आइरहेको गुनासो आएपछि प्राधिकरणले अनुसन्धान थालेको जनाएको छ ।

यस्ता एसएमएस आएमा तिनमा दिइएको लिंक नखोल्न प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले आफ्नो वेबसाइटमा जारी गरेको सूचनामा कतिलाई यस्तो एमएमएस गयो, कतिले लिंक खोल्नुभयो, कसले पठाएको भनी अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ७ : ४० बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी