नेप्से परिसूचक निरन्तर ओरालो, दोहोरो अंकले गिरावट « Khabarhub

नेप्से परिसूचक निरन्तर ओरालो, दोहोरो अंकले गिरावट


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.८२ अंकले ओरालो लागेर दुई हजार २२३.७८ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० अंकले ओरालो लागेर ४३३.०७ अंकमा ओर्लिएको छ । कूल २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर रु एक अर्ब २९ करोड ८९ लाख पाँच हजार ५९० बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन २.४ अंकले  उकालो लाग्यो । त्यस्तै, बैंकिङ ६.०८, व्यापार १३.१५, विकास बैंक ३७.५४, जलविद्युत् २९.७३, २९.७३, वित्त २२.३६, निर्जीवन बीमा ६८.४६, उत्पादन ३७.८१, अन्य २९.९८, लघुवित्त २०.७५, जीवन बीमा ७८.८१, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.४२ अंकले ओरालो लागेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ७ : ४३ बजे

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ