डम्पिङ साइटबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन नुवाकोटमा  | Khabarhub Khabarhub

डम्पिङ साइटबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन नुवाकोटमा 


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन साह डम्पिङ साइट भएको स्थान नुवाकोट पुगेका छन् ।

निर्वाचित भएको घोषणा भएकै दिन मेयर बालेन नुवाकोटको ओखरपौवा पुगेका हुन् । उनले नुवाकोटस्थित ओखरपौवाको डम्पिङ क्षेत्रमा निरिक्षण गरेका छन् । काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा समस्या रहँदै आएको छ । कहिलेकाँही महिनौँ दिनसम्म पनि फोहोर नउठ्दा राजधानीबासीले समस्या भोग्दै आएका छन् ।

स्थानीय तह निर्वाचनमा जाँदा प्राय उम्मेदवारले निर्वाचित भए फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका थिए । नवनिर्वाचित मेयर बालेनको पनि फोहोर व्यवस्थापन गर्ने योजना थियो । उनी निर्वाचित भएको आजै निर्वाचन आयोगले घोषणा गरेको हो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ८ : ४३ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ