चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण « Khabarhub

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी मर्स्याङ्दी नदीमा बेलिब्रिज निर्माण गरिएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै सडक सञ्जाल नपुगेको नार्पाभूमिका बासिन्दाको आवातजावत र ढुवानीमा सहज भएको छ ।

५४ दशमलव चार मिटर लामो र चार मिटर चौडा उक्त बेलिब्रिजको सोमबार नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले उद्‌घाटन गरे ।

बेलिब्रिज निर्माणले नार्पाभूमि गाउँपालिकाको सडक पहुँच विस्तार भएको छ । सडक पहुँच विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार तथा सरकारी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष लामाले बताए ।

पुल नार्पाभूमि गाउँपालिका र नारखोला हाइड्रो इनर्जी प्रालिको साझेदारीमा निर्माण गरिएको हो । भारवहन क्षमता ५५ टन रहेको उक्त पुल करिब छ करोडको लागतमा निर्माण भएको अध्यक्ष लामाले जानकारी दिए । हाल चामेदेखि नार्पाभूमिको सीमासम्म ६ किमीसम्म सडक पुगेको छ । गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण गर्न भने अझै ११ किमि बाँकी छ । अध्यक्ष लामाले भने, ‘बाँकी खण्डमा अहिले मार्ग खोल्ने काम भइरहेको छ, आगामी चैतसम्म सडक पुर्‍याउने लक्ष्य छ ।’

स्थानीय नार खोलामा पुल बनेपछि जिल्ला सदरमुकाम चामे र त्यस गाँउपालिकामा सडक सञ्जालमा जोडिनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालले बेलिब्रिज सञ्चालनमा आएपछि नार्पाभूमिलाई सडक सञ्जालसँग जोड्ने प्रक्रिया अगाडि बढेको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १२ : ०८ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन