अफगानिस्तानमा भएका बम आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा « Khabarhub

अफगानिस्तानमा भएका बम आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो ।

‘महासचिवले अफगानिस्तानको मजार ए शरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको शरीफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै  दुःख व्यक्त गरेको’ महासचिवका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गुटेरेसले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

महासचिवले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्र रूपमा आफ्नो धर्मको पालना गर्ने अधिकार सुनिश्चित गर्न पनि सबै पक्षहरूलाई आह्वान समेत गरेका छन् ।

इस्लामिक स्टेट (आईएस) आतंकवादी समूहले गराएको शृङ्खलाबद्ध बम आक्रमणबाट अफगानिस्तान प्रभावित भएको बेला राष्ट्रसंघका महासचिवको यो भनाइ सार्वजनिक भएको हो ।

काबुलमा प्रार्थनाका क्रममा मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जना श्रद्धालुको मृत्यु हुनाको साथै अन्य १७ जना घाइते भएका थिए ।

त्यस्तै, मजार ए शरीफको तीनवटा भ्यान र बसमा लगातार विस्फोटन हुँदा नौ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ९ : ५१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र