विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग अखिलको माग « Khabarhub

विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग अखिलको माग


१३ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय तहका विद्यार्थीमा पाठ्यपुस्तक नपुगेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक पु¥याउन माग गर्नुभएको हो ।

सामग्री केन्द्रले रुस र युक्रेन युद्धका कारण देखाउँदै लाखौँ विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरी समयमै पाठ्यपुस्तक छाप्न सकिएन भनेर गैरजिम्मेवार जवाफ दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको कार्यप्रति अनेरास्ववियुले ध्यानाकर्षण भएको जनाएको छ ।

“मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारणले हरेक वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै विद्यालयहरुमा पुगिसक्नुपर्ने पाठ्यपुस्तक नयाँ शैक्षिक सत्रको सुरु भइसकेको हप्तौँ बितिसक्दा पनि विद्यार्थीहरुको हातमा पुग्न सकेको छैन”, विज्ञप्तिमा भनिएको छ, “जनक शिक्षा सामग्री केन्द्रले हरेक वर्ष यसरी नै लाखौँ विद्यार्थीमाथि अन्याय गर्दै आइरहेको छ र आफ्नो कमजोरी लुकाउन सधैँझैँ बाहनाबाजी गरिरहेको छ ।”

जनक शिक्षा सामग्री केन्द्रभित्रको बेथिति, ढिलासुस्तीको अन्त्य गरी र केन्द्रको क्षमता वृद्धि गरी समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउन भनिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १० : ३१ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ