इथियोपियामा एक दर्जनभन्दा धेरै पत्रकार पक्राउ « Khabarhub

इथियोपियामा एक दर्जनभन्दा धेरै पत्रकार पक्राउ


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी मुलुक इथियोपियामा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेको सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा संलग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका हुन् । 

पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना बनाइएको बताइएको छ ।

हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेजेन डेसालेगन पनि परेका छन् । उनलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोषाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उनका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई बताए । 

उनले भने– “सुरुमा त उनीहरूले टेमेजनलाई स्थानीय प्रहरी चौकीमा लगे । सुरक्षा बलले उनलाई पछि गोप्य स्थानमा सारेको छ ।” उनलाई कहाँ राखिएको भन्नेबारे कुनै जानकारी आएको छैन ।

प्रहरीले टेमेजेनको घरमा पनि आक्रमण गरेका पत्रिका, डिस्क ड्राइभ र क्यामेरा जफत गरेका बताइएको छ । 

अर्का पत्रकार तथा युट्युबर यायसेवे शिमेलीस बिहीबार दिउँसो राजधानी अदिस अबाबास्थित घरबाट पक्राउ परेको उनका पूर्व सहकर्मी बेकल अलामिरेले एएफपीलाई बताए ।

पूर्व टिभी प्रस्तोतालाई शुक्रबार अदालतमा उपस्थित गरिएको बताउँदै उनले भने, “याइसेवलाई प्रहरीले समाचारमार्फत हिंसा भड्काउने काम गरेको आरोप लगाएको छ ।”

दुवैले आफ्नो युट्युब च्यानलमा इथियोपियाली घटनाक्रमलाई रिपोर्टिङ गरेको थिए । दुवैले गत हप्ता अम्हारामा उनीहरूका स्टुडियोहरूमा छापा मारिएको र कर्मचारीहरूलाई लगिएको बताएका थिए । 

पक्राउ धेरै पत्रकारहरूलाई कहाँ राखिएको छ भन्ने जानकारी गराइएको छैन ।  अशारा नामक समाचार संस्थाले पनि आफ्ना यसका पाँच जना कर्मचारीलाई पक्राउ गरिएको बताएको छ ।

युट्युबमार्फत् कार्यक्रम चलाउँदै आएका प्रसिद्ध कार्यक्रम प्रस्तोता सोलोमन शुमीलाई पनि गत हप्ता राजधानी अदिस अबाबाबाट पक्राउ गरिएको थियो । उनीमाथि पनि हिंसा भड्काउने खालका सामग्री प्रसारण गरेको आरोप लगाइएको उनकी दिदी टिगिस्ट शुमीले बताइन् ।

इथियोपियामा अपराध तथा भ्रष्टाचारविरोधी आन्दोलनले उत्कर्ष स्वरूप लिन थालेपछि त्यहाँको प्रशासनले चर्चित अभियन्ताहरूलाई पक्राउ गरेको छ । 

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ११ : २६ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ