घरेलु टोली आयरल्यान्डविरुद्ध भारत विजयी « Khabarhub

घरेलु टोली आयरल्यान्डविरुद्ध भारत विजयी


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली आयरल्यान्ड पहिलो टी-२० खेलमा भारतसँग सात विकेटले पराजित भएको छ ।

वर्षाले १२ ओभरमा छोट्याइएको खेलमा जितसँगै भारतले दुई खेलको शृंखलामा १-० को अग्रता बनाएको छ । १०९ रनको विजयी लक्ष्य पछ्याएको भारतले नौ ओभर तीन बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो।

भारतका दिपक हुडाले सर्वाधिक ४७ रन बनाए । यस्तै, कप्तान हार्दिक पान्ड्याले २४ रनको योगदान गरे । आयरल्यान्डका क्रेग योंगले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित १२ ओभरमा चार विकेट गुमाउँदै १०८ रन बनाएको थियो । आयरल्यान्डका युवा ब्याटर ह्यारी टेक्टरले सर्वाधिक ६४ रन बनाए । भारतका स्पिनर युजभेन्द्र चहल एक विकेट लिए । अब, दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : ०६ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।