आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, कतिले पाए? « Khabarhub

आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, कतिले पाए?


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आदर्श लघुवित्तको आईपीओ बाँडफाँड भएको छ।

१ असारदेखि ५ गतेसम्म सर्वसाधारणमा निष्कासन तथा बिक्री खुल्ला गरिएको सेयरमा छिटो अवधिमै सर्वसाधारण आवेदकबाट माग गरेभन्दा बढी सेयर खरिदका लागि आवेदन परेको थियो । १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

गोलाप्रथामार्फत् कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरूले मात्र सेयर पाएका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।

आदर्शले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो। बिओके क्यापिटलले २३ जेठमा आह्वान पत्र प्रकाशित गरेको थियो । आदर्श लघुवित्तले प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : ३५ बजे

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर– भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी– कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा