रसुवागढी हाइड्रोको ६८ करोडको आईपीओ खुल्यो « Khabarhub

रसुवागढी हाइड्रोको ६८ करोडको आईपीओ खुल्यो


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि ६८ करोड बढी मूल्यको (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो ।

सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै सेयर जारी गरेर दोस्रो बजारमा खरिद बिक्रीसमेत हुँदै आइरहेको छ । कम्पनीले स्थानीय बासिन्दाहरुका लागि छुटाइएको १० प्रतिशत बराबरले हुने ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

यो सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाईंकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै गोसाईंकुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओको निष्कासन बन्द २७ असारमा हुनेछ । सो अवधिभित्र सबै सेयरको माग नपरेको खण्डमा भने ढिलोमा १० साउनसम्म आईपीओ खुला हुनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : २७ बजे

‘बा’को भूमिकामा दिव्य देव

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक

जब सीके राउतले रविलाई बीपीपछिको नेता भने…

काठमाडौं– २०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले

काठमाडौं– अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने

तेलअभिभ- इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको