१२ सय लिटर तेलसहित चार जना पक्राउ  | Khabarhub Khabarhub

१२ सय लिटर तेलसहित चार जना पक्राउ 


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २०० लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका भाइ २० वर्षीय मैरुद्दीन अन्सारी, कलैया–१७ सुराहीका २१ वर्षीय मुन्ना अन्सारी र बारा, परवानीपुर–१ का २२ वर्षीय सञ्जय महतो छन् ।

उनीहरूले भारतीय सीमावर्ती बजारबाट पाम तेल भित्र्याएका  हुन् । तेलसहित ना २ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

करिब ३ लाखको पाम तेल र किराना समान प्रहरीले बरामद गरेको हो । बारा प्रहरीले भ्यान, बरामद समान तथा चार जनालाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार पठाउने तयारी गरेको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी गराए । नेपालमा भन्दा भारतमा पाम तेल सस्तो भएपछि तस्करी सुरु भएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : ३३ बजे

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र

तनहुँ– नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम