प्रधानमन्त्री देउवा र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता, चान्सलरद्वारा प्रेषित पत्र हस्तान्तरण « Khabarhub

प्रधानमन्त्री देउवा र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता, चान्सलरद्वारा प्रेषित पत्र हस्तान्तरण


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले भेटवार्ता गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत डा प्रिन्जले जर्मनीका चान्सलर ओलाफ स्कोल्जद्वारा प्रेषित पत्र प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेका थिए ।

राजदूत प्रिन्जले ट्वीटरमा लेखेका छन्, ‘आरटी हस्तान्तरण गर्न पाउँदा मलाई खुशी लाग्यो। माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–जर्मन द्विपक्षीय विकास सहयोगलाई सन् २०३० पछि पनि निरन्तरता दिने प्रस्ताव चान्सलर ओलाफ स्कोल्जलाई पठाएका छौ।’

जर्मन सरकारले नेपाललाई दिगो आर्थिक विकास, जलवायु र ऊर्जा तथा स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा गर्दै आएको द्विपक्षीय विकास सहयोगलाई सन् २०२३ पछि समेत निरन्तर गर्ने भएको छ । नेपाल र जर्मनीबीच ६० वर्षभन्दा लामो समयदेखिको द्विपक्षीय सहयोग आदानप्रदान भइरहेको छ ।

जर्मन विकास सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न नेपालको प्रयासलाई सहयोग गर्दै आएको छ । कोभिड–१९ पश्चात तत्काल सहयोग समेत प्रदान गरिएको थियो।

 

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ३९ बजे

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू