प्रधानमन्त्री देउवा र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता, चान्सलरद्वारा प्रेषित पत्र हस्तान्तरण « Khabarhub

प्रधानमन्त्री देउवा र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता, चान्सलरद्वारा प्रेषित पत्र हस्तान्तरण


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले भेटवार्ता गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत डा प्रिन्जले जर्मनीका चान्सलर ओलाफ स्कोल्जद्वारा प्रेषित पत्र प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेका थिए ।

राजदूत प्रिन्जले ट्वीटरमा लेखेका छन्, ‘आरटी हस्तान्तरण गर्न पाउँदा मलाई खुशी लाग्यो। माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–जर्मन द्विपक्षीय विकास सहयोगलाई सन् २०३० पछि पनि निरन्तरता दिने प्रस्ताव चान्सलर ओलाफ स्कोल्जलाई पठाएका छौ।’

जर्मन सरकारले नेपाललाई दिगो आर्थिक विकास, जलवायु र ऊर्जा तथा स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा गर्दै आएको द्विपक्षीय विकास सहयोगलाई सन् २०२३ पछि समेत निरन्तर गर्ने भएको छ । नेपाल र जर्मनीबीच ६० वर्षभन्दा लामो समयदेखिको द्विपक्षीय सहयोग आदानप्रदान भइरहेको छ ।

जर्मन विकास सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न नेपालको प्रयासलाई सहयोग गर्दै आएको छ । कोभिड–१९ पश्चात तत्काल सहयोग समेत प्रदान गरिएको थियो।

 

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ३९ बजे

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आलोचना भएपछि ओलीले सच्याउन थाले नाम, कञ्चनपुरमा १ मा तारा लामा, बझाङमा ऐन महर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोमानीपूर्वक चयन गरिएको

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले