दिनेश अधिकारीले ल्याए ‘कविताको कथा : गीतको कथा’  | Khabarhub Khabarhub

दिनेश अधिकारीले ल्याए ‘कविताको कथा : गीतको कथा’ 


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चर्चित कवि तथा गीतकार दिनेश अधिकारीले आफ्ना गीतका स्रोता र पाठकका लक्षित गर्दै ‘कविताको कथा : गीतको कथा’ कृति ल्याएका छन् ।

उनका स्रोताका लागि शिखा बुक्सले यो कृति प्रकाशनमा ल्याएको हो । जसमा सैयौँ चर्चित गीतसँगै लोकप्रिय कविता तथा गीतहरूको रचनागर्भ समेटिएको छ । कविता र गीतहरूको रचनागर्भ मात्रै नभएर सिर्जनाले गरेको यात्राको स्वरूप नै  ‘कविताको कथा : गीतको कथा’ रहेको अधिकारीले बताए।

यसभित्र ‘हर्क बहादुर’, ‘नीलो वह’, ‘सिपाही’, ‘बिहे’, ‘हट घोडा हट’ लगायतका ११ वटा कविता र ‘तिमी जुन रहरले’, ‘सोचेजस्तो हुन्न जीवन’, ‘यो सम्झिने मन छ’, ‘जीवन भन्नु त घात छ’, ‘पहाडमा जाडो बढे’, ‘रक्सी बेचेँ आलु बेचेँ’, ‘पहाड झुक्नु पर्छ’ लगायत १८ गीतहरूको यात्रा कथा समेटिएको छ ।

अधिकारीका अनुसार पुस्तकमा समेटिएको गीत र कविताको कथामा त्यस विषयमा लेखिएका, बोलिएका र संगतबाट थाहा पाएका सबै प्रसङ्गहरू राखिएको छ । उनका अनुसार यो किताब अनुसन्धान गर्ने, सिर्जनशील लेखनमा लाग्नेहरू र रेडियोकर्मीहरूका लागि बढी उपयोगी हुनसक्छ । बजारमा आएको यो पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको उनले बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १ : ५३ बजे

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं