दिनेश अधिकारीले ल्याए ‘कविताको कथा : गीतको कथा’  « Khabarhub

दिनेश अधिकारीले ल्याए ‘कविताको कथा : गीतको कथा’ 


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चर्चित कवि तथा गीतकार दिनेश अधिकारीले आफ्ना गीतका स्रोता र पाठकका लक्षित गर्दै ‘कविताको कथा : गीतको कथा’ कृति ल्याएका छन् ।

उनका स्रोताका लागि शिखा बुक्सले यो कृति प्रकाशनमा ल्याएको हो । जसमा सैयौँ चर्चित गीतसँगै लोकप्रिय कविता तथा गीतहरूको रचनागर्भ समेटिएको छ । कविता र गीतहरूको रचनागर्भ मात्रै नभएर सिर्जनाले गरेको यात्राको स्वरूप नै  ‘कविताको कथा : गीतको कथा’ रहेको अधिकारीले बताए।

यसभित्र ‘हर्क बहादुर’, ‘नीलो वह’, ‘सिपाही’, ‘बिहे’, ‘हट घोडा हट’ लगायतका ११ वटा कविता र ‘तिमी जुन रहरले’, ‘सोचेजस्तो हुन्न जीवन’, ‘यो सम्झिने मन छ’, ‘जीवन भन्नु त घात छ’, ‘पहाडमा जाडो बढे’, ‘रक्सी बेचेँ आलु बेचेँ’, ‘पहाड झुक्नु पर्छ’ लगायत १८ गीतहरूको यात्रा कथा समेटिएको छ ।

अधिकारीका अनुसार पुस्तकमा समेटिएको गीत र कविताको कथामा त्यस विषयमा लेखिएका, बोलिएका र संगतबाट थाहा पाएका सबै प्रसङ्गहरू राखिएको छ । उनका अनुसार यो किताब अनुसन्धान गर्ने, सिर्जनशील लेखनमा लाग्नेहरू र रेडियोकर्मीहरूका लागि बढी उपयोगी हुनसक्छ । बजारमा आएको यो पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको उनले बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १ : ५३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले