भोजपुरी फिल्म ‘रण’ नेपालमा पनि प्रदर्शन हुने  « Khabarhub

भोजपुरी फिल्म ‘रण’ नेपालमा पनि प्रदर्शन हुने 


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा द्वन्द्व निर्देशकको रुपमा परिचित चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ आगामी शुक्रबारबाट नेपालका तीन दर्जन बढी हलहरूबाट प्रदर्शनमा आउने भएको छ ।

निर्देशक पन्तका अनुसार राजधानीसँगै मोफसलका विभिन्न ४० बढी हलहरुमा आउँदो शुक्रबारबाट फिल्म प्रदर्शनमा आउन लागेको हो । उनले राजधानीका केही मल्टिप्लेक्स हलमा पनि फिल्मका लागि कुराकानी भइरहेको जानकारी दिए । फिल्मले मुख्यतः तराई मधेस केन्द्रित हलहरूमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।

यो फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । नेपालसँगै शुक्रबारबाट फिल्मले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थालनी गर्ने पन्तले बताए । १० जुलाईबाट दिल्लीमा फिल्म रिलिज हुनेछ । प्रान्तीय फिल्महरू पछिल्लो क्रममा भारतका ठूला राज्यमा समेत स्थान बनाउँदै अघि बढिरहेका छन् ।

एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिकसमेत आवद्ध छन् । ‘रण’ बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यु गरेका छन् । फिल्ममा नरेनसँगै आनन्द ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रको अभिनय छ । निर्देशक पन्तको कथामा अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् ।

फिल्ममा अर्जुन जिसीको सम्पादन, मित्र डी गुरुङ र साहिल खानको ट्रेलर र टिजर सम्पादन, महेश पौडेलको छायांकन, रामजी लामिछाने र गम्भीर विष्टको कोरियोग्राफी छ । निर्देशक पन्तले चाँडै नै अभिनेत्री निता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गर्दैछन् । यसै फिल्म मार्फत चन्द्रले नेपाली फिल्म निर्देशनमा डेब्यु गर्दैछन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : ०२ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ