काठमाडौँ- नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गरेका छन्।
सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गरेका हुन्। सो क्रममा उनले शहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
पदभारपछि मन्त्री चौधरीले क्षमताअनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए। उनले आफूले सबैसँग मिलेर काम गर्ने भन्दै पाँच महिनाको अवधिमा नजिता देखिने गरी काम गर्ने पनि बताए। उनले आफू मन्त्रीको पदमा रहेसम्म योग्यता, क्षमता, दृष्टिकोणले भ्याएसम्म इमानदार भएर काम गर्ने भन्दै कुर्सीको दुरुपयोग नगर्ने बताए ।
उनले यसअघि भएका कामको निरन्तरता र नयाँ काममा आफ्नो ध्यान रहने धारणा राखे।
प्रतिक्रिया