कोलम्बियामा साँढे जुधाउने प्रतियोगितामा रंगशालाको छेकबार भत्किँदा ४ जनाको मृत्यु « Khabarhub

कोलम्बियामा साँढे जुधाउने प्रतियोगितामा रंगशालाको छेकबार भत्किँदा ४ जनाको मृत्यु


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा साँढे जुधाउने प्रतियोगिता ‘बुलफाइट’ का क्रममा छेकबार भत्किँदा ४ जनाको मृत्यु भएको छ ।

मध्य कोलम्बियाको टोलिमा रज्यको एल एस्पिनाल सहरमा भएको घटनामा अरु दर्जनौँ घाइते भएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

मृत्यु हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । उक्त घटना कम्तीमा ३० जना गम्भीर घाइते भएको अधिकारीले जनाएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भिडियो फुटेजमा एल एस्पिनल रंगशालामा दर्शकहरूले भरिएको तीन तले काठको छेकबार भत्केको देखिन्छ ।

परम्परागत रुपमा ‘कोरलेया’ भनिने यस्ता कार्यक्रममा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो रहेको बताइन्छ । हालै राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले स्थानीय अधिकारीहरूलाई त्यस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन आग्रह समेत गरेको जनाइएको छ ।

‘मानिसहरू वा जनावरहरूको मृत्यु हुने घटनाहरूलाई अनुमति नदिन म मेयरहरूलाई आग्रह गर्दछु’, उक्त घटनापछि उनले भने । यस्तो दुर्घटना पहिलो पटक नभएको पनि उनले बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : ५४ बजे

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी