हल्कारा र गड बफेलोलाई नेपाल-अमेरिका फिल्म फेस्टिभलमा अवार्ड  « Khabarhub

हल्कारा र गड बफेलोलाई नेपाल-अमेरिका फिल्म फेस्टिभलमा अवार्ड 


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आइतबार समापन भएको पाँचौं संस्करणमा माइकल ब्राउन निर्देशित ‘वृक म्युलु’ ले उत्कृष्ट डकुमेन्ट्री अवार्ड र  विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ ले उत्कृष्ट कथानक तर्फको अवार्ड जितेको छ । महोत्सवमा ‘हल्करा’ का निर्देशक सापटकोटाले अवार्ड ग्रहण गर्न पुगेका थिए । त्यस्तै ‘वृक म्युलु’का निर्देशक माइकलले महोत्सवमा अवार्ड ग्रहण गरेका थिए । ‘वृक म्युलु’ पहिलो पटक  महोत्सव प्रदर्शन गरिएको थियो । 

त्यस्तै महोत्सवमा नेपाली पानारोमा अन्तर्गत मोहन राई निर्देशित फिचर फिल्म ‘वान नाइट इन काठमाडौँ’ ले अवार्ड जितेको छ । महोत्सवको सर्ट फिल्म विधाको पुरस्कार विष्णु कल्पित निर्देशित ‘गड्स बफेलो’ ले अवार्ड हात पारेको छ । अमेरिकाको म्यारिल्यान्डस्थित पुरानो ग्रिनबेल्ट थिएटरमा भौतिक उपस्थिति र ‘भर्चुअल’ रूपमा जुन २३ देखि चार दिनसम्म नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण आयोजना गरिएको थियो । महोत्सवको उद्धघाटन मेरिल्यान्ड राज्यका सांसद ह्यारी भण्डरी र मेरिल्यान्डका कला तथा योजना आयोगका संयोजक फिल्ड डेविजले पानसमा बत्ती बालेर गरेका थिए । महोत्सवको उद्धघाटनपछि विक्रम सापकोटा निर्देशित नेपाली चलचित्र ‘हल्करा’ प्रदर्शन गरिएको थियो ।

जुन २६ मा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’ प्रदर्शनपछि महोत्सवको समापन गरिएको छ । महोत्सवमा नेपाल, अमेरिका लगायत विभिन्न १२ देशका ३८  वटा चलचित्र प्रदर्शन भएका थिए । उत्कृष्ट चलचित्रहरूलाई निर्णायक मण्डलले पुरस्कार घोषणा गरेका थिए । महोत्सवमा नेपालबाट अनुप सुवेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयरपोर्सिया कोब निर्णायक मण्डलको रूपमा थिए । निर्णायक मण्डलका अन्य निर्णायक मण्डलले ‘भर्चुअल’ रूपमा पुरस्कृत चलचित्रको घोषणा गरेका थिए । 

नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा चलचित्र प्रदर्शनपछि निर्माता–निर्देशक तथा कलाकारसँग छलफलसमेत गरिएको थियो । यस वर्ष नेपालबाट कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिएको थियो । 

१० पुरस्कृत चलचित्रहरूको सूची 
उत्कृष्ट वृत्तचित्र : ‘वृक म्युल’, माइकल ब्राउन (बेलायत)
उत्कृष्ट कथानक :  ‘हल्करा’ले विक्रम सापकोटा (नेपाल)
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म : ‘द इनर ग्लो’, (भेनेजुएला)
इम्पावरमेन्ट अवार्ड : स्ट्रोंगर’, बेलमाया नेपाली (नेपाल–बेलायत)
फ्रिडम एक्प्रेसन अवार्ड : ‘द स्टाचु’, मोहसेन सालेही फर्द (इरान)
उत्कृष्ट अनुभवि अवार्ड स्फोबिया’ अन्ना क्लारा हर्मोजेनेस फरेरा (ब्राजिल)
वेस्ट सर्ट न्यारेटिभ : ‘गड बफेलो’ विष्णु कल्पित (नेपाल)
वेस्ट सर्ट न्यारेटिभ : ‘डम्पिप्लङ’ किनकाई याङ (चीन)
उत्कृष्ट मेन्सन अवार्ड : ‘वाइल्ट फायर’ श्याम कार्की, (नेपाल)

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : ५३ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी