घर बिर्सिने दीपिका « Khabarhub

घर बिर्सिने दीपिका


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउडमा पाइला चालेकी अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र अभिनयबाट जो कोही प्रभावित छन् । मोडलिङबाट अभिनयमा आफ्नो करियर बनाएका दीपिकाको हातमा अहिले धेरै फिल्मका अफर छन् । दीपिकाको हातमा यति ठूला प्रोजेक्ट छन् कि उनलाई आफू ‘पछिल्लोपटक घर कहिले गएँ’ भन्नेसम्म सम्झना छैन । फिल्मको काममा दीपिका भारतभर घुमिरहन्छिन् । जसकारण उनलाई आफ्नो घर पुग्ने समयसमेत छैन ।

पछिल्लोपटक उनी कामको सिलसिलामा मनाली, राजस्थान, दुबई र गोवामा निकैपटक पुगिन् । आफूले जिम्मेवारी लिएको कामलाई जसरी भए पनि पूरा गर्ने सोचले दीपिका घरसमेत बिर्सन्छिन् । एकपटक उनलाई यस्तै आपत आइलाग्यो । दीपिकालाई लामो समयसम्म घरमा नदेखेपछि उनको घरेलु कामदारले फोन गरेर उनको हालखबर सोध्नु परेको थियो । उनले दीपिकालाई फोन गरेर ‘दिदी तपाईं कहाँ हुनुहुन्छ । कति समय भयो तपाईंको अनुहारसम्म हेर्न पाइएको छैन । तपाईं कहिले आउँदै हुनुहन्छ । म तपाईंको घरमा बस्न सक्छु ?’ भनेर सोधेका थिए ।

दीपिकाले पनि उनलाई ‘तपाईं अवश्य नै त्यो घरमा बस्न सक्नुहुन्छ । मैँले यति मेहनत गरेर घर किनेकी छु । कसैले त त्यसलाई प्रयोग गर्नु पर्‍यो नि ’ भन्दै जवाफ फर्काएकी थिइन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ०४ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र