घर बिर्सिने दीपिका « Khabarhub

घर बिर्सिने दीपिका


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउडमा पाइला चालेकी अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र अभिनयबाट जो कोही प्रभावित छन् । मोडलिङबाट अभिनयमा आफ्नो करियर बनाएका दीपिकाको हातमा अहिले धेरै फिल्मका अफर छन् । दीपिकाको हातमा यति ठूला प्रोजेक्ट छन् कि उनलाई आफू ‘पछिल्लोपटक घर कहिले गएँ’ भन्नेसम्म सम्झना छैन । फिल्मको काममा दीपिका भारतभर घुमिरहन्छिन् । जसकारण उनलाई आफ्नो घर पुग्ने समयसमेत छैन ।

पछिल्लोपटक उनी कामको सिलसिलामा मनाली, राजस्थान, दुबई र गोवामा निकैपटक पुगिन् । आफूले जिम्मेवारी लिएको कामलाई जसरी भए पनि पूरा गर्ने सोचले दीपिका घरसमेत बिर्सन्छिन् । एकपटक उनलाई यस्तै आपत आइलाग्यो । दीपिकालाई लामो समयसम्म घरमा नदेखेपछि उनको घरेलु कामदारले फोन गरेर उनको हालखबर सोध्नु परेको थियो । उनले दीपिकालाई फोन गरेर ‘दिदी तपाईं कहाँ हुनुहुन्छ । कति समय भयो तपाईंको अनुहारसम्म हेर्न पाइएको छैन । तपाईं कहिले आउँदै हुनुहन्छ । म तपाईंको घरमा बस्न सक्छु ?’ भनेर सोधेका थिए ।

दीपिकाले पनि उनलाई ‘तपाईं अवश्य नै त्यो घरमा बस्न सक्नुहुन्छ । मैँले यति मेहनत गरेर घर किनेकी छु । कसैले त त्यसलाई प्रयोग गर्नु पर्‍यो नि ’ भन्दै जवाफ फर्काएकी थिइन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ०४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल