‘प्रकाश’ बन्न प्रदीपले गरेको संघर्ष « Khabarhub

‘प्रकाश’ बन्न प्रदीपले गरेको संघर्ष


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदीप खड्का अहिले चर्चामा छन् । उनलाई पछिल्लो फिल्म ‘प्रकाश’ ले चर्चामा ल्याउने कार्य गरिरहेको छ । किनकी प्राय चकलेटी लुक्समा देखिँदै आइरहेका प्रदीप यसमा भने फरक छन् । स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यसपटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ । उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको संवत पहिलो हो । किनकी यस अगाडी आफ्नो भूमिकालाई लिएर समीक्षकबाट उनले चर्चा बटुल्न सकेका छैनन् । पोस्टर र टिजर सार्वजनिक भइसकेपछि प्रदीपले सामाजिक सञ्जाल मार्फत कला र कलाकारितालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन् । उनले आफ्नै कलाकारिताको शैलीमा आएको परिवर्तनलाई महसुस गरेको प्रस्ट्याएका हुन् । 

‘मेहनत र कला प्रतिको इमान्दारितामा विश्वास राख्दै यस क्षेत्रमा केही स्थान बनाउन गरेको सङ्घर्षको एउटा नतिजा प्रकाश हो’ प्रदीप लेख्छन्, ‘एउटा पात्रमार्फत सम्पूर्ण कथा नै जीवन्त हुन सक्छ भन्ने मान्यतालाई आत्मसात गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनाहरू समेतलाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि कार्यशालामा कयौं दिन बिताएको छु ।’

उनले यही सिलसिलामा एउटा कलाकारले पात्र र कलाकारितालाई बुझ्ने चेतना नै फरक भएको उल्लेख छन् ।  फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ । प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले तौल घटाउनेदेखि अभिनयको कक्षा समेत लिए ।  ‘प्रकाश’ को छायांकन सुरु हुनुभन्दा अगाडि उनलाई कलाकार तथा निर्देशक अनुप बरालले करिब ३ महिना अभिनयको तालिम दिएका थिए । कहिले पोखरा त कहिले काठमाडौंको अनामनगरमा रहेको ‘एक्टर स्टूडियो’ मा प्रदीपले अनुप बरालबाट अभिनयका विभिन्न आयामहरू सिके ।

अनुपले हालै एक अन्तर्वार्ताको क्रममा प्रदीपलाई आफूले एकान्तकुना (जहाँ प्रदीपको घर छ) देखि अनामनगरसम्म खाली खुट्टा हिँडेर आउन चुनौती दिएको र प्रदीपले त्यो काम गरेर देखाएको बताएका छन् । फिल्ममा प्रदीपले जुम्लाको जीवन बाँच्नु पर्ने भएकाले मानसिक रुपमा तयार गर्न आफूले खाली खुट्टा हिँड्ने बानी बसालेको अनुप उनी बताउँछन् । ‘वर्कशपकै क्रममा  मैँले उनलाई केही टास्क दिए । जसमा एकान्तकुनादेखि अनामनगरसम्म (६ कि.मी.)  मास्क लगाएर खाली खुट्टा हिँडेर आउन भनेँ । उसले त्यो गरेरै देखायो । एउटा कलाकारले चाह्यो भने गर्न सक्ने रहेछ नी’ अनुपले भने । 

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्मको यस अगाडि सार्वजनिक टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ ।

आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा जुम्लाको परिवेशलाई टिपेको छ । यसमा प्रदिप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : ४९ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ