धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ « Khabarhub

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका-२ अक्थलीस्थित पशुराम तामाङको घरमा डेरा गरी बस्‍ने वडा नम्बर २ झार्लाङ घर भएका २५ वर्षीय सुनील तामाङ र २५ वर्षीय अविनाश तामाङ रहेका छन्  ।

कोठामा अवैध रुपमा हातहतियार पेस्तोल लुकाएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो  ।

प्रहरीले उनीहरूको साथबाट पेस्तोल  एक थान, खुकुरी एक थान र मोबाइल सेट तीन थान बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ०४ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार