हतियारसहित तीन भारतीय नागरिक पक्राउ « Khabarhub

हतियारसहित तीन भारतीय नागरिक पक्राउ


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– सशस्त्र प्रहरीको टोलीले आज धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र बेश क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको मुजफ्फरपुर ७ साहेबगङ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमारलाई पक्राउ गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले जानकारी दिए ।

जकपुरधामबाट भारततर्फ जाँदै गरेको तीनै सवार बिआर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई भारतीय सीमा क्षेत्रमा रोकेर जाँच गर्दा सिटमुनीबाट मेड इन युएसए लेखिएको ७.६५ राउन्ड एक थान लोड भएको पेस्तोल बरामद भएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

पक्राउ परेका तीनैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : १७ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार