कृषि ज्ञान केन्द्रले पाँच महिनासम्म दिएन माटो परीक्षणको रिपोर्ट, गुनासो गर्दा हाकिमले थर्काएको आरोप « Khabarhub

कृषि ज्ञान केन्द्रले पाँच महिनासम्म दिएन माटो परीक्षणको रिपोर्ट, गुनासो गर्दा हाकिमले थर्काएको आरोप


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– कृषि ज्ञान केन्द्रका कर्मचारीको लापरबाहीका कारण कृषकले पाँच महिना बितिसक्दा पनि माटो परीक्षणको रिपोर्ट पाएका छैनन् ।

कार्यालयका कर्मचारीहरुको लापरबाहीका कारण पाँच महिना बितिसक्दासमेत माटो परीक्षणको रिपोर्ट नपाएको कृषकहरुको गुनासो छ ।

‘माघमा माटो परिक्षण गर्न दिएको थिएँ, फागुनसम्ममा रिपोर्ट आएको भए चैतमा खाल्टो खनेर जेठ असारसम्म बिरुवा रोप्ने सोच थियो । तर, कर्मचारीको लापरबाहीले अहिलेसम्म रिपोर्ट आएन् । अब त बिरुवा रोप्ने समय पनि सकियो’, चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का चन्द्र बहादुर गुरुङले गुनासो गरे ।

गुरुङको चुमनुव्रीको छिही र सुङचेतमा खेत छ । विगतमा उनले त्यहाँ मकै, गहुँ र आलु लगाउने गर्थे । यस बर्षदेखि माटो परिक्षण गरेर ओखर र स्याउको व्यवसायिक खेति गर्ने सोच उनको थियो । तर, कार्यालयले समयमै माटो परिक्षणको रिपोर्ट नदिँदा त्यहाँ के लगाउने भन्नेमा उनी अन्यौल छन् ।

‘माटो परिक्षण गरेर व्यवसायिक खेति गरौँ भन्ने सोचले दुई दिन लगाएर हिँडेर आएँ । कृषि ज्ञान केन्द्रको कार्यालय पुुगेर त्यहाँका कर्मचारीलाई माटो बुझाएँ’, उनले भने, ‘कार्यालयमा प्राबिधिक नभएकाले पोखरा पठाउनु पर्छ । एक देखि डेढ महिना भित्रै रिपोर्ट आउछ भनेपछि फर्किएँ । तर, अहिलेसम्म रिपोर्ट आएको छैन्’, उनले भने ।

रिपोर्ट समयमै नपाएपछि कार्यालय प्रमुखसँग गुनासो गर्दा उल्टो आफुलाई धर्काएको उनले गुनासो गरे ।

‘रिपोर्ट आउन ढिलो भयो । कार्यालयबाट नहुने हो भने मेरो माटो फिर्ता दिनुस् म अन्तै लगेर परिक्षण गर्छु भनेको थिएँ । तर, हाकीमले बितिसकेको कुरा भन्दै त्यस बिषयमा कुरै नगर्नु भन्दै धर्काए’, गुरुङले भने । तर, कार्यालय प्रमुख पशुराम अधिकारी भने आफुले धर्काएको अस्वीकार गर्छन् ।

‘उहाँसँग मेरो भेट भएको छैन् । फोनमा भने पटकपटक कुरा भएको छ । खास यस्तो कारणले हो भनेर प्राबिधिक समस्या देखाए पछि पनि पटकपटक फोन गरेर उहाँले पनि धम्कीपूर्ण कुरा गर्नु भएको हो’, अधिकारीले भने ।

कार्यालयमा प्राबिधिकको दरबन्दी रिक्त भएकाले माटो परिक्षणमा ढिलो भएको उनको दाबी छ । ‘त्यति बेला माटो जाँच गर्ने प्राबिधिक हुनुुहुँदैनथ्यो । अहिले १०/१२ दिन मात्रै भयो नयाँ प्राविधिक आउनु भएको, उहाँको मात्रै हैन् अरुका पनि केही महिनादेखि परीक्षण बाँकी छ’, कार्यालय प्रमुख अधिकारीले भने ।

सामान्यतया माटो परिक्षणको रिपोर्ट औसतमा दुई देखि १५ दिनसम्ममा आउने कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : ३१ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा