रूसले थप ४३ क्यानेडियालीलाई कालो सूचीमा राख्ने « Khabarhub

रूसले थप ४३ क्यानेडियालीलाई कालो सूचीमा राख्ने


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– यूक्रेनमा रूसले आक्रमण गरेको आरोपमा ओटावाले लगाएको प्रतिबन्धको जवाफमा रूसले सोमबार थप ४३ जना क्यानेडियालीलाई आफ्नो इलाकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

रूसी विदेश मंत्रालयद्वारा प्रकाशित नयाँ कालो सूचीमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीका नेता सुजान कावन र क्यानेडियाली तथा बेलायती केन्द्रीय बैंकका पूर्व गभर्नर मार्क कार्नी समावेश रहेका छन् । रूसले वरिष्ठ निजामती कर्मचारी, उच्च अधिकारीका राजनीतिक सल्लाहकार र नागरिक समाजका सदस्यहरूलाई पनि दण्डित गरिएको जनाएको छ ।

मस्कोको विदेश मन्त्रालयले ट्रुडो सरकारको ‘रूसोफोबिया’को आलोचना गरेको छ ।

यूक्रेनमा आफ्नो आक्रमणको सुरुवातदेखि नै रूसले आफ्नो इलाकामा प्रवेश गर्न सोमबार घोषणा गरिएकालगायत ७०० भन्दा बढी क्यानेडियालीहरूलाई प्रतिबन्ध लगाएको छ ।

मे महिनामा क्रेमलिनले क्यानेडियाली राष्ट्रिय सार्वजनिक प्रसारक सीबीसी/रेडियो–क्यानडाको मस्को कार्यालय बन्द गरी आफ्ना पत्रकारको भिसा र मान्यता पास रद्द गरेको थियो ।

यो कदम मार्चमा रूसी राज्य सञ्चालित सञ्चारमाध्यम आरटीमा प्रतिबन्ध लगाउने क्यानाडाको निर्णयको बदलामा भएको बताइएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : ५९ बजे

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप