अन्त्यमा उनले लेखिन्, ‘प्रिय तिमी अमर रहनू ल !’ | Khabarhub Khabarhub

अन्त्यमा उनले लेखिन्, ‘प्रिय तिमी अमर रहनू ल !’


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमारको सैन्य सरकारले चार जनालाई मृत्युदण्ड दिइएको समाचार सोमबार बाहिर आएपछि संसार नै तरङ्गित भएको छ। यसरी सजाय पाउनेमा पूर्व विधायक जाय थ र भेट्रान विद्रोही नेता को जिमीलगायत छन्। ‘म यत्ति खेर आकाशमा हेरिरहेको छु। उनलाई थाहा छ, अहिले हाम्रो बीचमा समन्वयको माध्यम भनेको आकाश मात्र हो’, थाजीङ्ग नयुङ्ग अले भनिन्। अङ्ग थकी अर्धाङ्गिनी हुन्। सेनाले थको जीवन सकिने दिन नजिकिँदै आएको कुरा जानकारी गराएपछि निराश हुँदै उनले यसो भनेकी हुन्। उनी जनवरी महिनादेखि जेलमा थिए।

जीवन गुमाउने चार मध्यका उनी एक हुन्। अर्का को जिमी पनि हुन्। उनको वास्तविक नाम क्यो मिन यु हो। यसैगरी, ह्वा म्यो आग र अउङ्ग थाउर जले पनि जीवन गुमाए। यी सबै केही दिन अगाडि मारिएका थिए। तर, कुन दिन भन्ने यकिन छैन। त्यहाँको सरकारी सञ्चार माध्यमले सोमबार यो कुरा सार्वजनिक गरेको हो।

गत वर्षको फेब्रुअरीमा सेनाले नाटकीय रूपमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै नेतृ आङ साङ सुकीलाई गिरफ्तार गरे यता १ सय २० जनालाई जेल पठाइएको थियो। तीनै मध्यका एक थ पनि हुन्। सेनाले नेसनल लिग फर डेमोक्रेसीको सरकारलाई अपदस्थ गरेपछि हजारौँ जना सडकमा ओर्लिएर नारा जुलुससहित प्रदर्शन गरेका थिए।

थाजीङ्ग भने घटना केही फरक पनि हुन सक्ने कुरामा केही दिन अगाडि आशावादी भएकी थिइन्। थले केही दिन अगाडि उनलाई नयाँ बाटोमा केस जान सक्ने सम्भावना व्यक्त गरेका थिए। सन् १९८८ पछि म्यानमारमा कसैलाई मृत्यु दण्ड नदिइएको नजिरका कारण उनी आशावादी थिइन्।

गत वर्षको फेब्रुअरीमा सेनाले नाटकीय रूपमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै नेतृ आङ साङ सुकीलाई गिरफ्तार गरे यता १ सय २० जनालाई जेल पठाइएको थियो। तीनै मध्यका एक थ पनि हुन्। सेनाले नेसनल लिग फर डेमोक्रेसीको सरकारलाई अपदस्थ गरेपछि हजारौँ जना सडकमा ओर्लिएर नारा जुलुससहित प्रदर्शन गरेका थिए।

थलाई भने त्यसको नौ महिना पछि झुन्टा ( म्यानमारका सेना) विरुद्धमा आक्रामक भइरहेको कारण गिरफ्तार गरिएको थियो। एनएलडीका विधायक थ नेतृ सुकीको निकटस्थ मानिन्थे। सन् २०१५ देखि सन् २०२० मा सुकीका प्राय सबै अन्तर्राष्ट्रिय भ्रमणमा उनी साथ रहन्थे। अन्तिम पटक भएको निर्वाचनमा भने उनी सहभागी भएका थिएनन्। उनी आफ्नो अर्को पेसा र्‍याप गायनमा सक्रिय हुन चाहन्थे।

‘उनी फेरि गीत लेख्न र स्टेजमा प्रस्तुत गर्न चाहन्थे,’ थाजीनले भनिन्, ‘आर्टिस्टको रूपमा उनले अनेकन् सपना देखेकी थिइन्। हरेकका लक्ष्य र सपनाहरू हुन्छन्। तर, सैन्य प्रशासनले ती सबलाई खरानी बनाइ दियो। विरोध गर्ने, समातिने, गिरफ्तार हुने र मारिनेक्रम जारी नै छ।’

सन् २०२१ मा प्रदर्शनकारीमाथि धरपकड नै सुरु भएपछि उनको यो विश्वासमाथि नै संकट आएको थियो। जाय थले आफ्नै प्रेयसी थाजिन नुयन्टले यङ्गुनको घर छाडेर पर गाउँको कुनै एउटा घरमा राखिएको थियो।

सन् २००० मा म्यानमारको पहिलो हिपपप समूह एसीआईडी स्थापना गरेपछि उनी राष्ट्रिय रूपमै फेममा रहेका थिए। पहिलो एल्बम साटीन जीयनले पहिलो महिना नै तालीकामा सबैलाई ओगटेको थियो। यसको मतलब सुरुवात हो। तर, थ देशका लागि अझ धेरै गर्न चाहन्थे।

यसै कारण उनले ‘जेनेरेसन वेभ’ भन्ने नयाँ एउटा समूहको स्थापना गरे। यो समूह सन् २००७ मा भएको मूल्य वृद्धिविरुद्ध गरेको प्रदर्शनका कारण चर्चामा आएको थियो। यस समूहले प्रजातान्त्रिक झझल्को दिने भित्तेचित्र प्रकाशन गरे। साथै सन्देशमूलक स्टिकर र पम्प्लेट पनि वितरण गरियो। यो समूहलाई प्रतिबन्ध मात्र गरिएन, सन् २००८ मा थलाई गिरफ्तार गरियो। त्यसको तीन वर्षपछि एमनेस्टीको रोहबरमा उनलाई रिहाइ गरियो। जेय थले सुरुवाती दिनदेखि नै सैनिक तानाशाहको विरुद्धमा आवाज उठाउँदै आएका थिए। उनका साथी तथा जेनेरेसन वेभका सहकर्मी मिन यान नियाङले भने, ‘सैनिक सत्ता ढल्ने कुरामा उनको यत्ति ठुलो विश्वास थियो कि यसका लागि उनी जस्तोसुकै समस्या भोग्न तयार थिए।’

उनी अगाडि भन्छन्, ‘उनलाई बारम्बार थकाइन्थ्यो। तर, जाय थ कहिले पनि यसको कुनै परवाह गर्दैन थियो।’ सन् २०२१ मा प्रदर्शनकारीमाथि धरपकड नै सुरु भएपछि उनको यो विश्वासमाथि नै संकट आएको थियो। जाय थले आफ्नै प्रेयसी थाजिन नुयन्टले यङ्गुनको घर छाडेर पर गाउँको कुनै एउटा घरमा राखिएको थियो। सैनिक सत्ताबाट सुरक्षित हुने ठानेर उनले त्यहाँ लगेर राखेका हुन्। नयुन्टले बेलुका सुत्ने समयमा कहिल्यै पनि फेसबुक चलाइनन्। किनकी त्यहाँ कुनै अप्रिय समाचार प्रदर्शनकारीका बारेमा हुन सक्थे।’

जब उनको मृत्युको समाचार थाहा पाइन् उनको आँखा रसाएँ। शरीर पनि थरथर काप्न थाले। त्यसपछि उनी काम्दै बेहोसमा कता हिँडिन् पत्तै भएन। आफूलाई सम्हाल्न उनले आकाशतिर हेरेर बुद्धिस्ट धर्मावलम्बीलाई सम्झन थालिन्।

‘मैले बुद्ध साक्षी राखेर हामी कहिल्यै हिम्मत नहार्ने र कहिले पनि आत्म समर्पण नगर्ने कसम खायौं,’ उनले भनिन्। को जिमीको नामले परिचित क्वा मिन यूले पनि जेल जिन्दगीका बारे थाहा नपाएका होइनन्। जेलमा दुई दशक भन्दा बढी समय बिताएका उनको यो दोस्रो घर भएको समेत चर्चा चल्ने गरेको थियो। सन् १९८९ मा पहिलो पटक समातिएका उनी २० वर्षको कडा जेल जीवन बिताउन बाध्य भएका थिए।

सन् २००४ मा जिमीले १५ तथा थीयेनले आठ वर्ष जेलमा बिताएर निस्केका थिए। निस्कने बित्तिकै यिनीहरू विवाह बन्धनमा बाँधिए। अर्को पटक क्रान्तिमा होमिनका लागि उनीहरू तीन वर्ष मात्र पर्खेका थिए।

गत अक्टोबरमा उनी फेरि दोस्रो पटक गिरफ्तार गरिए। त्यस समयमा एक सैन्य सूचनाधारीको मृत्युको उनी मास्टर माइन्ड भएको आरोप लागेको थियो। को जिमी माथिको पहिलो आरोप सन् १९८९ मा विद्यार्थी नेता भएको समयमा हो। तानाशाह ने उनको २६ वर्षे तानाशाही शासनको विरुद्धमा हजारौँ नागरिक सडकमा उत्रँदा तीनै मध्यका एक उनी थिए।

त्यस समयमा उनी सेतो र हरियो लुगामा सजिएकी एक स्कुले विद्यार्थीलाई सम्झिरहन्थे। संयोग मान्नु पर्छ ६ वर्षपछि उनी रहेको त्यसै जेलमा ती किशोरकी नीलार थेन पुगिन्। उनी पनि प्रदर्शन गर्दा गिरफ्तार भएर त्यसै जेलमा पुगेकी हुन्। त्यहाँ जिमीले पत्र लेख्न थालेपछि यिनीको प्रेम बढेको थियो।

सन् २००४ मा जिमीले १५ तथा थीयेनले आठ वर्ष जेलमा बिताएर निस्केका थिए। निस्कने बित्तिकै यिनीहरू विवाह बन्धनमा बाँधिए। अर्को पटक क्रान्तिमा होमिनका लागि उनीहरू तीन वर्ष मात्र पर्खेका थिए। सन् २००७ मा भएको साफ्रोन क्रान्तिको समयमा यी दुई मैदानमा उभिएका थिए। उनीहरूकी छोरी केही महिनाकी मात्र भएकी थिइन्। यसै बीचमा जो किमी फेरि गिरफ्तार भए। घरबाटै उनलाई समातिएको थियो।

शुक्रवार मात्र अभियन्ता र जेलमा रहेकासँग भर्चुअल बैठक भएका कारण धेरैले मृत्युदण्ड नहुने अनुमान गरेका थिए। सोमबारको त्यो समाचारपछि उनले लेखेकी छिन्, ‘मेरो प्रिय। सधैँ अमर रहनु। हाम्रो क्रान्तिले एक दिन जित्ने छ। तिमी अन्तस्करणमा कैद छौं।’

उनकी प्रेमीकाले आफू पनि गिरफ्तार हुनु अगाडि छोरीलाई कुनै सुरक्षित स्थानमा राख्न सफल भएकी थिइन्। यी दुवै एमनेस्टीको पहलमा सन् २०१२ मा रिलिज भए। अर्को क्रान्तिकारी नेता मेन जीयाका अनुसार यो लामो समय जिमीले जेल भित्र र बाहिर एकदमै दुखद अनुभव गरेका छन्।

अन्तिम पटक यी सबै गिरफ्तार भए पनि अन्तर्राष्ट्रिय दबाब सिर्जना हुन सक्ने भएकाले मृत्यु दण्ड नै भने नहुने बताएका थिए। सन् १९८८ मा पनि जेलमा राखेका धेरै जनालाई मृत्यु दण्डको सजाय सुनाए पनि पछि रिहा गरिएको थियो। शुक्रवार मात्र अभियन्ता र जेलमा रहेकासँग भर्चुअल बैठक भएका कारण धेरैले मृत्युदण्ड नहुने अनुमान गरेका थिए। सोमबारको त्यो समाचारपछि उनले लेखेकी छिन्, ‘मेरो प्रिय। सधैँ अमर रहनु। हाम्रो क्रान्तिले एक दिन जित्ने छ। तिमी अन्तस्करणमा कैद छौं।’ स्रोत : बीबीसी

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : २१ बजे

दार्चुला जिप दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो

खलङ्गा– दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौं– गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको

कोप–२९ मा सहभागी भई स्वदेश स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौं– समता घरेलु लघुवित्तको थप शेयर निष्कासन (एफपीओ) बाँडफाँड भएको

पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा 

काठमाडौं– नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमासिक