इजरायल लैजाने प्रक्रिया पुनः सुचारु, थप ८० नेपाली पुगे « Khabarhub

इजरायल लैजाने प्रक्रिया पुनः सुचारु, थप ८० नेपाली पुगे


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि ८० नेपाली इजरायल पुगेका छन् । इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि छनौट भएर बसेका नेपालीहरूलाई इजरायल ल्याउने प्रक्रिया पुनः सुचारु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायली परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण विगत केही महिनादेखि इजरायल आउन नपाएका बाँकी नेपालीहरूलाई दुई पक्षबीच विभिन्न चरणमा भएका छलफलपश्चात् इजरायल लिन सुरु गरिएको जनाइएको छ ।

जस अन्तर्गत ८० जना नेपालीहरू इजरायल पुगेको दूतावासले जनाएको छ । उनीहरूलाई दूतावासबाट इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, उपनियोग प्रमुख अर्जुन घिमिरे र इजरायल-नेपाल मैत्री संस्थाका प्रमुख नादभ बेन एहुदा लगायतको टोलीले इजरायलको बेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यसअघि विभिन्न चरणमा गरी २९७ जना इजरायल पुगिसकेका छन्। वैदेशिक रोजगार विभागले गत वर्ष कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । नेपाली श्रमिकले इजरायलमा मासिक करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउने छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : ०७ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल