चितवन राष्ट्रिय निकुञ्जमा पुगे एक वर्षमा दुई लाख पर्यटक « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा पुगे एक वर्षमा दुई लाख पर्यटक


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- आर्थिक वर्ष २०७८-७९ मा झण्डै दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आवमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ आन्तरिक तथा १९ हजार ९८९ सार्क मुलुकका र १४ हजार ८०८ विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका थिए । एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष (आन्तरिक पर्यटक)ले निकुञ्जको भ्रमण गरेका थिए । सार्क मुलुकका नौ हजार १३० महिला र १० हजार ८४९ पुरुष तथा विदेशी ६ हजार ७८० महिला र आठ हजार २८ पुरुषले निकुञ्जको भ्रमण गरेको तिवारीले जानकारी दिए ।

गत आवको चैतमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २६ हजार २१८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २० हजार ८६९ नेपाली, दुई हजार २४८ सार्क मुलुकका र तीन हजार १०१ विदेशी नगारिकले निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्ने भए पनि जिप सफारीका लागि चितवन र नवलपुरबाट मात्रै स्वीकृति प्रदान गरिएको छ ।

एघार करोड राजस्व सङ्कलन

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट रु ११ करोड ४९ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको छ । निकुञ्जले पर्यापर्यटन शीर्षकबाट रु १० करोड २३ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।

निकुञ्ज प्रवेशवापत प्रतिव्यक्ति नेपालीले रु १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र विदेशीले रु दुई हजार राजस्व बुझाउने गर्दछन् । गत वर्ष निकुञ्जले पर्यटकबाट रु सात करोड २९ लाख ४५ हजार, जिप सफारीबाट रु दुई करोड ७८ लाख ८० हजार तथा डुङ्गा सफारीबाट रु १५ लाख ७३ हजार राजस्व सङ्कलन गरेको तिवारीले बताए।

त्यस्तै निकुञ्जले गैरकाष्ठ वन पैदावर (ढुङ्गा, गिट्टी तथा बालुवा) बिक्रीबाट रु ६९ लाख ४९ हजार, दण्ड सजायबाट रु ३२ लाख ११ हजार, काठ र दाउरा बिक्रीबाट रु सात लाख १७ हजार तथा अन्य शीर्षकबाट रु १७ लाख २० हजार राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ११ : २२ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद