रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु  « Khabarhub

रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लितपुर- ललितपुरको एकान्तकुनामा गए राती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

एकान्तकुनास्थित सुजुकी ट्रायल सेन्टर अगाडी सडकको छेउमा रोकी राखेको बा३ख ५७७ नम्बरको मिनी टिपरमा बाग्मती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल गए राती ९ बजे ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो बस्ने अन्दाजी २३ वर्षीय ठगिन्द्र राई र पछाडि सवार ललितपुरकै महालक्ष्मी नगरपालिका– १४ रानीबु बस्ने अन्दाजी ३५ वर्षीय सुरज अधिकारी घाइते भएका थिए ।

दुवै घाइतेलाई उपचारको लागी जावलाखेल स्थित अल्का अस्पताल पठाइएकोमा उपचारको क्रममा ठगिन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त सात दोबाटोले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : ०० बजे

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर