मधेस प्रदेशमा तीन वर्षमा ११०३४ सवारी दुर्घटना | Khabarhub Khabarhub

मधेस प्रदेशमा तीन वर्षमा ११०३४ सवारी दुर्घटना


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बारा जिल्ला लगायत मधेस प्रदेशको ८ वटा जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्यांकले दुर्घटनाको डर लाग्दो अवस्था देखाएको हो ।

आर्थिक वर्ष ०७६/७७ मा मधेस प्रदेशका ८ जिल्लामा एक हजार ३४० सवारी दुर्घटनामा ४२० जनाको मृत्यु भएको छ भने ०७७/७८ मा तीन हजार ९८३ सवारी दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएका छन् । यस्तै आर्थिक वर्ष ०७८/७९ मा भएका पाँच हजार ७११ सवारी दुर्घटनामा परी ५८५ जनाले ज्यान गुमाउन बाध्य भएका छन् ।

यो संख्या आर्थिक वर्ष ०७७/७८ को सवारी दुर्घटनामा भन्दा ४३.३८ प्रतिशतले बढी हो भने मानिसको मृत्युमा योपल्ट ११.८५ प्रतिशतले बढी आएको हो । मानिसमा जनचेतना भएको तर कानुन कार्यान्वयन फितलो भएका कारण सर्वसाधारणले मनपरी गर्ने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाको संख्यामा वृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय मधेस प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए ।

मधेस प्रदेशमा प्रत्येक आर्थिक वर्षमा करिब ५०० जना सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन्, जसमध्ये धनुषा र सप्तरी जिल्लामा बढी दुर्घटना हुने गरेको छ भने धनुषा र सप्तरी जिल्लामा दुर्घटनाका कारण धरैले ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।

ट्राफिक प्रहरी कार्यालय मधेस प्रदेश पथलैयाले सवारी दुर्घटना बढ्नुको मुख्य कारण चालकको लापरबाही र तीव्र गति रहेको जानकारी दिएको छ । ट्राफिक नियमको पालना नगरी असावधानीपूर्वक सवारी चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरी उपरीक्षक गुरुङले बताए ।

यसरी सवारी दुर्घटना न्यूनीकरण गर्न मातहतका आठ वटै जिल्लामा चेकजाँचलाई निरन्तरता दिन निर्देशन दिएको उनले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : २१ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल