अलग्गिए टाइगर र दिशा  « Khabarhub

अलग्गिए टाइगर र दिशा 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा ‘लभ बर्ड’ जोडी भनिने अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ६ वर्षदेखिको प्रेम सकिएको छ।

विगत एक वर्ष यता प्रेम जीवन विभिन्न उतारचढावको सामना गरेको यो जोडी केहि समय यता नै अलग भएको हिन्दुस्तान टाइम्सले लेखेको छ। सूत्रका अनुसार अब यी अलग भएका छन्। दुवैबीच के भयो त्यो स्पष्ट छैन, तर उनीहरु आफ्नो बाटो अलग गरिसकेका छन् ।

टाइगर र दिशाले आफूहरु बीच प्रेम रहेको स्वीकार नगरेता पनि सम्बन्ध हार्दिक थियो । फेस्टिभलहरुमा उनीहरु एकसाथ हुन्थे । दिशालाई टाइगरको घरमा धेरै फेस्टिभलमा देखिएको छ । दिशा विशेषत टाइगरको आमा र बहिनीसँग नजिक थिइन्।

हिन्दुस्तान टाईम्ससँग टाइगरका एक साथीले कुरा गर्दै यो विषयमा साता अगाडी मात्र जानकारी प्राप्त भएको बताएका छन्। ‘उनीहरुले आजसम्म यसबारे कसैसँग कुरा पनि गरेका छैनन्। अहिले टाइगर आफ्नो काममा फोकस छन्। दिशासँगको ब्रेकअपपछि उनी त्यति प्रभावित छैनन्’ टाइगरका साथीले भनेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १ : ११ बजे

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको

पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै

भोजपुर– आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत– पर्वतको कुश्मानगरपालिका–१२ ठूलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा