‘फिल्मकर्मीको गोलमेच सम्मेलन गर्छु’  « Khabarhub

‘फिल्मकर्मीको गोलमेच सम्मेलन गर्छु’ 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले फिल्मकर्मीबीच गोलमेच सम्मेलन गर्ने बताएका छन् ।

बुधबार पदभार ग्रहण गर्दै उनले भने, ‘म फिल्मकर्मी, प्राविधिक, प्रदर्शक, वितरक लगायतसँग संयुक्त रुपमा गोलमेच सम्मेलन गर्दै समस्यालाई सुन्ने छु।  उनीहरुको समस्यालाई मैले पनि केही बुझेको छु।  तर उनीहरुकै मुखबाट सुनेर त्यसलाई समाधान गर्न तर्फ अगाडी बढ्ने छु।’

भुवनले आफूले चार दशकदेखि फिल्म क्षेत्रमा देख्दै आएको समस्या र त्यसलाई समाधान गर्ने कार्यलाई निरन्तरता दिने बताएका हुन्। चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै उनले आफ्नो जन्म नै कलाकार हुन भएको बताए । कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको उनको भनाइ छ। १० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको पनि सुनाए ।

उनले आफू विकास बोर्डमा आइपुग्न राजनीति दलको सहारा लिएको स्विकार्दै यी सबै फिल्म उद्योगको विकाशका लागि नै रहेको बताए।  ‘म पार्टीको सहारामा फिल्म क्षेत्रको समस्या समाधान गर्न आएको हुँ। मैले कुनै पार्टीको सहारा लिँदा यस क्षेत्रलाई केही गर्न सक्छु भने किन नगर्ने भन्ने मेरो बुझाइ हो’ उनले भने । उनले बोर्डको पदभार ग्रहण गर्दै कुनै निर्णय त गरेनन् ।

मंगलबार दिउँसो नियुक्ति पत्र बुझेका केसीले बुधवार नै बोर्डमा स्वस्तिक वाचन गर्दै वास्तुअनुसार उनले पदभार ग्रहण गरेका थिए। कार्यालयका कर्मचारीले उनलाई फूल माला र खादा लगाएर स्वागत गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई मनोनयन गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : ४५ बजे

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर