विभिन्न स्थानमा चार जना मृत फेला  « Khabarhub

विभिन्न स्थानमा चार जना मृत फेला 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनसरी, नवलपरासी (पूर्व), प्यूठान र धादिङमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको देवानगन्ज गाउँपालिका–२ यादव टोल बस्ने ३३ वर्षीया सविता यादव सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । 

नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नहरमा हाल पहिचान नखुलेकी अन्दाजी २० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । 

प्युठानको सरुमारानी गाउँपालिका–६ गोधधारास्थित गोधधारा जंगलको भिरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा मंगलबार फेला परेको छ । धादिङको सिद्धलेक गाउँपालिका–६ खरमटारस्थित त्रिशुली नदीमा पहिचान नखुलेकी करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १ : २६ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि