सम्पत्ति शुद्धीकरण मुद्दामा काङ्ग्रेस नेत्री सोनिया गान्धीमाथि तेस्रो पटक सोधपुछ « Khabarhub

सम्पत्ति शुद्धीकरण मुद्दामा काङ्ग्रेस नेत्री सोनिया गान्धीमाथि तेस्रो पटक सोधपुछ


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- नेशनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा काङ्ग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले आज पनि सोधपुछ गरेको छ ।

इडीले तेस्रो चरणको बयानका निम्ति नेत्री गान्धीलाई बोलाएपछि उनी आफ्नी छोरी प्रियङ्का गान्धीका साथ इडीमा उपस्थित भएकी थिइन् । इडीका अधिकारीले ७५ वर्षीया गान्धीलाई मङ्गलबार छ घण्टाभन्दा बढी समय बयान लिएका थिए । नेसनल हेराल्ड अखबार र अनुसन्धानमा रहेको कम्पनी यङ्ग इन्डियन प्रालिमा उनको संलग्नताका बारेमा ३० वटा प्रश्नको जवाफ मागिएको थियो ।

यसैबीच, काङ्ग्रेस कार्यकर्ताले नेत्री गान्धीमाथि गरेको सोधपुछको विरोधमा प्रदर्शन गरेका छन् । राजस्थानका मुख्यमन्त्री एवम् काङ्ग्रेस नेता अशोक गहलोतले देशमा इडीको आतङ्क फैलिएको टिप्पणी गर्दै सर्वोच्च अदालतबाट समयमै निर्णय हुनुपर्नेमा जोड दिएका छन् ।

काङ्ग्रेस कार्यकर्ताले इडीको पार्टीको अन्तरिम अध्यक्षको ईडीको सोधपुछको विरोध गर्दै मुम्बईको बोरिवली रेलवे स्टेशनमा रेल रोक्न प्रयास गरेका छन् । इडीले शक्तिको दुरूपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा काङ्ग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १ : ३९ बजे

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री-सञ्चारमन्त्रीको कार्यसम्पादन सम्झौता, सञ्चार क्षेत्रलाई रूपान्तरणकारी वर्ष बनाउने लक्ष्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आर्थिक