दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. संवैधानिक नियुक्तिविरुद्धको रिटमा आजदेखि बहस सुरु
अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा आजदेखि सुनुवाइ सुरु हुने भएको छ । २०७७ मंसिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

संवैधानिक इजलासमा रहेको मुद्दामा सुनुवाइका लागि आज कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलास गठन गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति दिइएका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो

२. सत्य तथ्य सूचना प्रसारण अपरिहार्य: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताएका छन् । नागरिक शिक्षित र सुसूचित भए मात्रै सरकार जिम्मेवार बन्न सक्ने बताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि सञ्चारमाध्यमहरूले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी रहेको बताए ।

राष्ट्रिय समाचार समिति राससको नवनिर्मित कार्यालय भवनको आज बिहान उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नागरिक जति सुसूचित हुन्छन् सरकार त्यति नै जबाफदेही बन्न बाध्य हुने बताए । उनले सञ्चारमाध्यमहरूले नागरिकलाई शिक्षित र सुसूचित गर्न सही सुचना दिनुपर्ने उल्लेख पनि गरे।

३. ओलीले झापामा मतदातासँग तीन दिन संवाद गर्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्रका मतदातासँग तीन दिनसम्म अन्तरक्रिया गर्ने भएका छन् । झापा क्षेत्र नम्बर ५ का कार्यकर्ता र मतदातासित अन्तरक्रिया गर्न ओली आज झापामा छन्।

ओलीसँग भेटघाट गर्न चाहने नेता–कार्यकर्ताको नाम पहिल्यै संकलन गरिएको जनाएको छ । आज झापाको बिर्तामोडमा हुने एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्ला एक्लै तथा सामूहिक रूपमा भेटघाट गर्ने नेकपा एमाले प्रदेश १ कमिटीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीसँग भेटघाट गर्ने कार्यकर्ताहरूको नामावली संकलन गरिसकिएको छ ।

४. राप्रपाले थाल ठटाउँदै
मूल्य वृद्धिको बिरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज देशभर थाल ठटाउने भएको छ । दोस्रो चरणको आन्दोलनको घोषित कार्यक्रम अनुसार राप्रपाले आज थाल ठटाउन लागेको हो ।

कार्यक्रमअनुसार आज राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशको ७७ वटै जिल्ला सदरमुकाममा मूल्य वृद्धिको बिरोधमा ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गरेको हो ।

भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगिसक्दा पनि चुप लागेर नबस्न जनता ब्युँझाउन र शासकलाई देशभरबाट थालको गुञ्जायमान आवाज सुनाउन, जनताको समस्यामा गम्भीर बन्न दबाब दिने उद्देश्यले थाल ठटाउन लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

५. ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टियो
ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिदा ३ जना घाइते भएका छन् । आज बिहान ट्याक्सीमाथि बस पल्टिएको हो।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस पल्टिएर विपरीत दिशाबाट आउँदै गरेको ट्याक्सीलाई किचेको जनाएको छ । बस पल्टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले जनाएको छ। तीन जना घाइतेहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

६.बलात्कार आरोपमा दुई जना कराँते प्रशिक्षक पक्राउ
विराटनगरमा कराँतेका दुई जना प्रशिक्षकले नसालु पदार्थ खुवाएर किशोरीमाथि बलात्कार गरेको तत्थ्य सार्वजनिक भएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका ती कराँते प्रशिक्षकले पीडित किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसको भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्ने गरेको खुलासा भएको हो ।

विराटनगरको एउटा कलेजमा स्टाफ नर्स पढिरहेकी १९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विराटनगरका विनोद राउत र सुरज सुवेदी पक्राउ परेका थिए। उनीहरू दुवै जना राष्ट्रिय खेलकुद परिषदबाट स्थायी नियुक्ति पाएका प्रशिक्षक रहेको जनाइएको छ ।

७. चीनले छ वटा नयाँ उपग्रह अन्तरिक्षमा पठायो
चीनले छ वटा नयाँ उपग्रह आज अन्तरिक्षमा पठाएको छ । अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको चिनिया सञ्चारमाध्यमहरूले जनाएका छन् । योसँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान–१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको चीनले बताएको छ।

८. बार्सिलोना र युभेन्ट्स बराबरीमा
प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले बराबरी खेलेका छन् ।अमेरिकाको टेक्ससमा आज बिहान भएको खेलमा बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने बार्सिलोनाले बनाएको थियो ।खेलको ३४ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

मोइस किनले ३९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई १–१ गोलको बराबरीमा ल्याए ।खेलको ४० औं मिनेट डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए । तर, खेलको ५१ औं मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–२ गोलको बराबरीमा फर्काएका थिए ।

९. आरजु देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

उपचारका क्रममा भारतमा रहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनीहरुबीच ६ महिनाअघि पनि भेटवार्ता भएको थियो । उक्त विषयको जानकारी चौथाइवाले ट्वीटरमार्फत् दिएका हुन्।

१०. उर्जामन्त्री भुसाल फिनल्याण्ड जाँदै
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल २५ साउनमा फिनल्याण्ड जाने भएकी छन्।

फिनल्याण्डको उच्चस्तरीय अध्ययन भ्रमणमा उनी फिनल्याण्ड जाने भएकी हुन् । फिनल्याण्डमा साउन २६ देखि भदौ १ सम्म उनले अध्ययन भ्रमण गर्ने छिन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १ : ४५ बजे

आज २०८१ साल असोज ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ८ गते मंगलबार तदनुसार

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा