बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल | Khabarhub Khabarhub

बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन्। “गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरू सहर झर्नु पर्दैन”, उनले भने, “गाउँमा विकास र रोजगारको व्यवस्था नहुँदा गाउँ उजाड बन्दै गएको छ ।”

नेपाल सरकारले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो । मानिसहरू सुविधा र रोजगारी खोज्दै सहरमा बसाइँसराइ गर्ने क्रम बढेको उल्लेख गर्दै नेता पौडेलले त्यसलाई रोक्न गाउँमै रोजगारी र आम्दानीको अवसर दिन आवश्यक रहेको बताए।

नेपाल प्रकृतिको धनी हुँदाहुँदै पनि मानिसहरू विकास खोज्न भौँतारिएको चर्चा गर्दै नेता पौडेलले गाउँको विकासका लागि आफू सक्रिय रूपमा लागेको बताए। देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको केन्द्रका रूपमा विकास गर्नुपर्ने भन्दै नेता पौडेलले विगतमा अवरुद्ध भएका विकासका कामलाई निरन्तरता दिँदै नयाँ विकासका योजनालाई तीव्र गतिमा अघि बढाइने उनले बताए ।

नेता पौडेल यही साउन ८ गतेदेखि तालिका नै बनाएर जिल्लाको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न वडामा पुगी कार्यकर्तासँग भेटघाट गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ५७ बजे

युएईमा भारतीय महिलालाई मृत्युदण्ड

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा भारतीय महिला शहजादी खानलाई

दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक नदिए कडा आन्दोनल गर्ने महासंघको चेतावनी

काठमाडौं – नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष

नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार

भक्तपुर – नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन लम्बिएको छ

बङ्गलादेशको राजधानीको एक होटलमा आगलागी हुँदा ४ जनाको मृत्यु

ढाका – बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको

मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन

जलेश्वर – मिथिला मध्यमा परिक्रमाका भक्तजनको सुविधाका लागि नेपाल–भारत खुला