तेलगु फिल्मका निर्माता सुटिङ रोकेर बढ्दो बजेट बारे छलफल गर्दै  « Khabarhub

तेलगु फिल्मका निर्माता सुटिङ रोकेर बढ्दो बजेट बारे छलफल गर्दै 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता बलिउड भन्दा महंगा फिल्महरू साउथ इन्डियामा बनिरहेका छन् । ‘बाहुबली २, ‘केजीएफ २’, ‘आरआरआर’ लगायतका फिल्मको बजेट ५ सय करोड आसपासमा छ ।  यो साउथका दर्शकले मात्र धान्ने बजेट हैन ।  विशेषत कन्नडा जस्तो सानो फिल्म उद्योगमा केजीएफले बजेट निकै माथि पुगाएको छ। यसरी एकपछि अर्को फिल्ममा बजेट बढ्न थालेपछि तेलगु फिल्मका एक्टिभ निर्माताहरूले अगस्ट १ देखि फिल्मको सुटिङ रोक्ने निर्णय गरेका छन् । 

उनीहरूले फिल्मको बढ्दो बजेटको बारेमा चिन्ता व्यक्त गर्दै छायांकन रोक्ने निर्णय लिएको बताएका छन् । फिल्म निर्माणको खर्च धेरै बढेको तर हलबाट आउने सेयर न्यून रहेको भन्दै छलफलका लागि तेलगुको एक्टिभ तेलुगु फिल्म प्रोड्युसर्स गिल्डले तत्कालका लागि सुटिङ रोक्ने निर्णय गरेको हो । उनीहरूले बृहत् रुपमा छलफल गर्ने र उद्योगलाई पुनर्संरचना गर्ने बताएका छन् ।

‘निर्माताहरू बसेर समस्याको समाधान निकाल्न जरुरी देखियो,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ फिल्म निर्माणमा सन्तुलन कायम गर्न र फिल्म रिलिजको वातावरण सहज बनाउन निर्माताहरूले स्वतःस्फूर्त रुपमा सुटिङ रोक्न तयार भएका हुन् ।’ यसैगरी त्यहाँको निर्माता संघले क्षति कम गर्न हलमा रिलिज भएको १० हप्तापछि मात्र ओटीटीमा फिल्म रिलिज गर्ने प्रस्ताव पनि अघि सारेको छ । 

संघले सबै वर्गका जनताले फिल्म हेर्न पाउने गरी टिकट दरमा पुनर्विचार गर्ने विषयमा पनि छलफल हुने जनाएको छ । केही समयअघि देखिनै सिंगल थिएटरमा टिकट मूल्य सय र ७५ रुपैयाँ गर्नुपर्ने विषयमा निर्माताबीच छलफल चलिरहेको थियो । मल्टिप्लेक्समा भने टिकटदर १ सय ५० र १ सय २० गर्नुपर्ने निर्माताको प्रस्ताव छ । उनीहरु फिल्ममा लाग्ने लगानीको तुलनामा दर्शक हलसम्म फिल्म हेर्न आउने वातावरण बनाउन टिकटदर धेरै महँगो गर्न नहुने सोचमा छन्।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : १६ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका