अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउने  « Khabarhub

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउने 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयपछि उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा आज संसदीय समितिले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीमा नेपाल सहभागी नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : ०६ बजे

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको