छुवाछूतका घटना घट्न नदिन निरोधात्मक कार्य गर्न निर्देशन | Khabarhub Khabarhub

छुवाछूतका घटना घट्न नदिन निरोधात्मक कार्य गर्न निर्देशन


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले  जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना घट्न नदिनका लागि निरोधात्मक कार्य गर्न राष्ट्रिय दलित आयोगलाई निर्देशन दिएको छ ।

उक्त समितिको आजको बैठकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी  घटना घटिसकेपछि सोको सम्बन्धमा आयोगले उपचारात्मक कार्यका लागि पहल गर्दै आएको  विषय सराहनीय रहेको भन्दै त्यस्ता किसिमका घटना घट्नै नदिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको हो ।

समयको साथै अन्य स्रोतसाधनको लगानीको प्रतिफल कत्तिको सन्तोषजनक छ वा सन्तोषजनक परिणामको लागि सुधार गर्नुपर्ने विषयको बारेमा अध्ययन, हालसम्मको उपलब्धि मापन गर्न पनि समितिले निर्देशन दिएको छ ।

न्यायसङ्गत सम्बोधन हुने गरी कार्यसम्पादन गर्न र आयोगले हालसम्म गरेका नीतिगत सिफारिसको कार्यान्वयनको अवस्था विश्लेषण गर्न पनि भनिएको छ । आयोगले काम गर्नुपर्ने समुदायको अझ थप विश्वास आर्जन गर्न सक्ने गरी प्रभावकारी कार्यसम्पादन गर्न दलित आयोगलाई निर्देशन दिइएको छ ।

आयोगमा दरबन्दीअनुसार कर्मचारी उपलब्ध नगराएको र उपलब्ध कर्मचारी पनि छिटोछिटो सरुवा भएर अन्यत्र जाने हुँदा र यसबाट आयोगको कार्यसम्पादनमा प्रतिकूल प्रभाव पर्ने गरेको विषयलाई समाधान गर्न गराउन समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि  निर्देशन गरेको छ ।

स्थापनाको दुई दशक र संवैधानिक  मान्यता प्राप्त गरी कार्यसम्पादन गरेको सात वर्ष पूरा गर्दासमेत दलित समुदायको बहु आयामिक, बहुपक्षीय वा समग्रताको विषयमा आशाअनुरूप प्रगति गर्न नसकेको विषयमाथि बैठकमा छलफल भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : ५० बजे

सिटौलाको ‘धर्तीको ध्वनि’ लाई अनेसासको सर्वोत्कृष्ट पुरस्कार

काठमाडौं– अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले यस वर्षको ‘अनेसास लक्ष्मण

शिवश्री हाइड्रो र सिटी होलटको हकप्रद निष्कासन हुने 

काठमाडौं– शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेडको हकप्रद शेयर

प्रेम विवाह गर्ने जोडीको सार्वजनिक ह*त्या

काठमाडौं– पाकिस्तानको दक्षिण–पश्चिम प्रान्त बलुचिस्तानमा प्रेम विवाह गरेका एक जोडीलाई

किशोरी डिम्ब कारोबार घटनाबारे छानबिन गर्न समिति गठन 

काठमाडौं– नि:सन्तान उपचारका केन्द्रका नाममा खुलेका दुई आईभीएफ सेन्टरमाथि छानबिन

कर्मचारी सञ्चय कोषको योगदानमा आधारित निवृत्तभरण कोषमा करिब चार हजार बढी कार्यालय आबद्ध

काठमाडौं– कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध